२०८१, १३ बैशाख बिहीबार

काभ्रेमा आफ्नै सहकर्मी बलात्कार गर्ने युवा पक्राउ

काभ्रेमा आफ्नै सहकर्मी बलात्कार गर्ने युवा पक्राउ


धुलिखेल ५ असोज : काभ्रे प्रहरीले बलात्कारको अभियोगमा तीन जना युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । एकै ठाउँमा काम गर्ने आफ्नै सहकर्मीलाई जबजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका युवालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १ घर भइ हाल धुलिखेल नगरपालिका वडा नम्बर ४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्ने २२ बर्षीय विशाल आले छन् । त्यस्तै सोहि फर्ममा काम गर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ घर भएका २८ बर्षीय अमृत खड्का र सोहि फर्ममा काम गर्ने भारतको पश्चिम बंगाल बिरभिम घर भएका २३ बर्षीय रधुनाथ मण्डल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पक्राउ परेका युवाहरुले रामेछापको मन्थली नगरपालिका वडा नम्बर ८ घर भइ रोजगारीका लागि श्रीमान् र छोरा सहित प्रभात पोल्ट्री फर्ममा काम गर्ने २८ बर्षीय महिलालाई जर्बजस्तीकरण गरेको पाइएको छ । महिलालाई डर, त्रास, धाक, धम्की देखाइ जर्बजस्तीकरणी गरेको प्रहरीले बताएको छ ।

असोज ३ गते पक्राउ परेका ती युवाहरुलाई करणीसम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ । पक्राउ परेका मध्ये आलेले २०७६ साल असोज १९ गतेदेखि २०७७ साल साउन २ गतेसम्म पटक पटक जबर्जस्ती गरेको पीडित महिलाले बताएकी छिन् । त्यस्तै खड्काले यहि असोज २ गते बखुन्डोल स्थित पीडितकै कोठामा जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ । प्रहरीमा दिइएको जाहेरीमा मण्डलले २०७७ भदौ १ गतेदेखि असोज १ गतेसम्म पटक पटक जबर्जस्तीकरणी गरेको बताइएको छ ।

प्रकाशित मिति : २०७७, ५ आश्विन सोमबार  ४ : ४३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने