२०८१, १० बैशाख सोमबार

मण्डनदेउपुरको बाढी प्रभावित क्षेत्रमा सांसद हुमागाई र नगरप्रमुख वाइबाद्वारा अवलोकन

मण्डनदेउपुरको बाढी प्रभावित क्षेत्रमा सांसद हुमागाई र नगरप्रमुख वाइबाद्वारा अवलोकन


धुलिखेल, ३१ भदौँः बागमती प्रदेश सभाका सांसद बसुन्धरा हुमागाई र मण्डनदेउपुर नगरपालिका मेयर टोक बहादुर वाईबाले बाढीग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको छ । सांसद र मेयरको टोलीले मण्डनदेउपुर नगरपालिकाको वडा नं ५ र ६ वाट बग्ने ढाँड खोलाको बाढीले पुर्याएको क्षतिको अवलोकन गर्नुभएको हो ।

वडा न ६ का वडा अध्यक्ष श्री डिल्लि प्रसाद आचार्य, वडा नं ८ का वडा अध्यक्ष झलक प्रसाद पौडेल, डिभिजन सिंचाई कार्यालयका प्रमुख अक्षर गोपाल श्रेष्ठ सहित क्षतिग्रस्त क्षेत्रमा पुगेको टोलीले जग्गा धनीहरुसँग पनि छलफल गरेको छ । क्षतिग्रस्त जमिनहरूमा प्राविधिक स्टमेट तयार गरि ढाँडखोलालाई व्यवस्थापन गर्ने नगर प्रमुख वाइबाले बताउनुभयो ।

त्यस्तै बाढीले क्षति पुर्याएको बाँध र कुलालाई मर्मत सुधार गर्न प्रविधिक ईस्टिमेट तयार गरि स्थानिय सरकार, प्रदेश सरकार र सिँचाई डिभिजन कार्यालयमासँग समन्वय र सहकार्य गरि वाढिवाट क्षेति भएका वांध कुलाहरूलाइ निर्माणगरि खेतियोग्य जमिनलाइ बाँजो रहन नदिने प्रदेश सांसद हुमागाईले बताउनुभयो ।

त्यस्तै मेयर र सांसदको टोलीले वडा नं ६ मा अविरल बर्षाले व्यवसायीक कुखुरा पालन कृषि फर्ममा पुर्याएको क्षतिको पनि स्थलगत अवलोकन गरेको छ । अविरल वर्षाले फर्म भत्किदाँ करिब ५ सय वटा कुखुरा मरेका थिए ।

प्रकाशित मिति : २०७७, ३१ भाद्र बुधबार  ९ : २३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने