२०८१, ८ बैशाख शनिबार

काभ्रे तेमालका सबै शिक्षकहरुको निःशुल्क कोरोना बिमा

काभ्रे तेमालका सबै शिक्षकहरुको निःशुल्क कोरोना बिमा


धुलिखेल, १७ भदौँः काभ्रेको तेमाल गाउँपालिकाले आफ्नो पालिकाभित्र कार्यरत शिक्षकको निःशुल्क कोरोना बिमा गरिदिने भएको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै निःशुल्क कोरोना बिमाका लागि आवश्यक कागजपत्र एकसाता भित्र पालिकामा बुझाउन सबै शिक्षकलाई आग्रह गरेको छ ।

चालु आर्थिक वर्षका लागि पारित बजेट वक्तब्यमै पालिकाले शिक्षकहरुको कोरोना बिमा निःशुल्क गर्ने उल्लेख गरेको थियो । सोहि अनुसार बिमा गर्न लागिएको पालिकाका शिक्षा अधिकृत केदार प्रसाद ढकालले जानकारी दिनुभयो ।

तेमालमा माध्यमिक, निम्न माध्यामिक र प्राथमिक विद्यालय गरी ४१ वटा विद्यालयमा रहेका छन् । ती विद्यालयमा २ सय ४० जना शिक्षक, कार्यालय सहयोगी ४६ जना विद्यालय कर्मचारी १८ जना र बालविकास शिक्षक ४६ जना कार्यरत रहेका छन् ।

प्रकाशित मिति : २०७७, १७ भाद्र बुधबार  ५ : ३८ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता