२०८१, १ बैशाख शनिबार

पनौती नगरपालिकाले किसानहरुलाई किसान परिचय पत्र दिने

पनौती नगरपालिकाले किसानहरुलाई किसान परिचय पत्र दिने


धुलिखेल २० साउन : काभ्रेको पनौती नगरपालिकाले किसानहरुलाई परिचय पत्र बनाईदिने भएको छ । नगरपालिकाभित्र रहेका किसानहरुको तथ्याकं संकलन गरी तिन तहमा बर्गिकरण गर्दै ‘किसान परिचय पत्र ‘ दिने कृषि तथा पशुपक्षिं शाखाका संयोजक मणिप्रसाद सापकोटाले बताउनुभयो ।

किसानहरुलाई व्यवसायिक खेतीतर्फ उत्प्रेरणा जगाउने उदेश्यले व्यवसायिक किसान, व्यवसायिक उन्मुख किसान र निर्वाहमुखी किसान गरी तीन तहमा बर्गिकरण गरी किसान परिचयपत्र दिने संयोजक सापकोटाले जानकारी दिनुभयो । किसान परिचय पत्र बनाएपछि वास्तविक किसानको पहिचान खुल्ने र कृषि अनुदान दिन सजिलो हुने नगरपालिकाले जनाएको छ ।

नरपालिकाले यो कार्यक्रम आफ्नो नीति तथा कार्यक्रम र बजेटमा नै समाबेश छ । परिचयपत्र पाएपछि परिचय पत्र लिएका किसानलाई प्राथमिकतामा राखेर प्राङगारिक मल, उन्नत बीउ बिजन, बिषादी र प्राविधिक सेवा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २० श्रावण मंगलबार  ९ : १६ बजे

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता