२०८१, ७ बैशाख शुक्रबार

सेनाले तेमालको ऐतिहासिक गुप्तेश्वर महादेव मन्दिर पुग्न सहज बनाइदियाे

सेनाले तेमालको ऐतिहासिक गुप्तेश्वर महादेव मन्दिर पुग्न सहज बनाइदियाे


धुलिखेल, १६ साउनः नेपाली सेनाको विष्णु दल गण धुलिखेलले तेमालमा गुप्तेश्वर महादेव मन्दिर र झरना पुग्ने बाटो निर्माण गरेको छ । नेपाली सेनाको सामाजिक, आर्थिक, पूर्वाधार विकास कार्यक्रम तेमाल गाउँपालिकाको वडा नम्वर ७ मा रहेको गुप्तेश्वर महादेव मन्दिर क्षेत्र परिसरमा सेनाले पूर्वाधार विकासको काम गरेको हो ।

सेनाले ३ किमी सडकमा साईकल लेन निर्माण गरेको छ । त्यस्तै ढुंगा विछ्याउने, सिंढी बनाउने, रेलिङ्ग राख्ने सोलार बत्ति जडान गरिएको गरिएको विष्णु दल गण धुलिखेलका गणपति कर्णेल सुबास खड्काले जानकारी दिनुभयो ।

सेनाले निर्माण पुरा गरेको पूर्वाधार शुक्रबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाक मध्यपुर्वी पृतनाका पृतनापति उपरथी सुरेशकुमार कार्कीले गाउँपालिकाका अध्यक्ष सलामसिं लामालाई निर्माण गरिएका पूर्वाधारहरु रेखदेख र ब्यवस्थापन गर्ने गरी हस्तान्तरण गर्नु भएको हो ।

महादेव मन्दिर क्षेत्रको पूर्वाधारण निर्माणमा १७ लाख ६४ हजार ८ सय रुपैँया खर्च भएको विष्णु दल गण धुलिखेलका गणपति कर्णेल सुबास खड्काले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १६ श्रावण शुक्रबार  ८ : ४८ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता