२०८०, १५ चैत्र बिहीबार

चौरीदेउराली गाउँपालिकाको निर्णयको चौतर्फी विरोध

चौरीदेउराली गाउँपालिकाको निर्णयको चौतर्फी विरोध


धुलिखेल, ४ साउनः घरेलु मदिरा उत्पादन र बिक्रीमा प्रतिबन्ध गर्ने काभ्रेको चौरीदेउराली गाउँपालिकाको निर्णयको चौतर्फी विरोध हुन थालेको छ । गएको असार १० गते आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिका प्रमुख दिननाथ गौतमले साउन १ गतेदेखि लागु हुने गरी उत्पादन, बिक्री वितरण र ओसारपसार गर्न पूर्ण प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको थियो ।

त्यसैलाई आधार मान्दै प्रमुख शासकिय अधिकृत मानदास लामाले साउन २ गते एक सार्वजनिक सुचना मार्फत उर्दी जारी गर्दै पालिकाभित्रको सबै क्षेत्रमा घरेलु मदिरा उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाएको औपचारिक घोषणा गर्नुभएको थियो । तर गाउँपालिकाको निर्णय ब्यवहारीक नभएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । पालिकाको निर्णय अनुसार घरेलु मदिरा मात्रै उत्पादन र बिक्री गर्न पाइनेछैन् ।

पालिकाले इलाका प्रहरी कार्यालय कात्तिकेदेउराली र सबै वडाहरुलाई पत्र पठाएर घरेलु मदिराको बिक्री वितरण र उत्पादन भए, नभएको बारे निगरानी राख्न आग्रह गरेको छ । पालिकाले साउन १५ गतेभित्र पालिकाकाभित्रका पसल सञ्चालकहरुहलाई मादक पदार्थ नष्ट वा फिर्ता गर्न आग्रह गरेको छ ।

पालिकाको निर्णय सार्वजनिक भएपछि पूर्व माओवादीका कार्यकर्ता समेत रहनुभएका स्थानीय राजिव लामाले आफ्नो फेसबुक वालमा लेख्नु भएको छ ‘जनयुद्धकै समयमा असफल घरेलु रक्सी प्रतिबन्धका कुरा फगत बक्तब्यबाजी र नारा मात्रै हो । प्रतिबन्ध होईन नियन्त्रणमा राखौं । रक्सी पार्ने र बेच्नेलाई लाइसेन्सको ब्यबस्था गरौं । रक्सी पार्ने र खाने एरिया छुटाऔं । रक्सीलाई ब्राण्ड बनाऔं ।’

त्यस्तै मादन कुडारीका स्थानीय जीत बहादुर लामाले आफ्नो फेसबुक वालमा गाउँपालिकाको निर्णय पटक्कै कार्यन्वयन नहुनुको २ आधार । भन्दै यस्तो लेख्नु भएको छ ।
१. सामाजिक तथा साँस्कृतिक आधार: तामाङ समुदायको बाहुल्यता छ । हरेक शुभ÷अशुभ दुवै कार्यमा सगुनको रुपमा प्रयोग हुन्छ । आफ्नै घरमा नभए पनि नाता कुटुम्वको घरमा भएको शुभ÷अशुभ कार्यमा सगुन लानु पर्ने हुन्छ ।चाडपर्वमा पनि अन्य कोसेलीका साथमा स्थानीय मदिरा अनिवार्य प्रयोग हुन्छ । त्यसैले अक्सर जुनसुकै घरमा थोर बहुत स्टक रहन्छ । विहानै उठेर एक डबका हान्दै दिउँसो ११/१२ बजेसम्म खन्ने जोत्ने संस्कार पनि छ ।

२. अर्थतन्त्र : त्यहाँ अन्य ठूलो उद्योग कलकारखाना छैन । त्यसैले कृषि पछिको वैकल्पिक स्वरोजगार भनेकै स्थानीय मदिरा उत्पादन तथा बेचविखन गरी चाडपर्वमा मासु खाने मेलो र छोराछोरीलाई कापी कलम किन्ने माध्यम भएको छ । त्यसैगरी मदिरा उत्पादनको उपभोक्ता बढ्दै गएको छ । आर्थिक हैसियतले भ्याउने भनेको स्थानीय उत्पादन मात्रै हो । रोक लगाएको खण्डमा प्रतिरोध (चोरी, ठगी) को संभावना बढ्ने छ ।

त्यसैले बरु खान योग्य हो कि होइन भनेर जाँचपडताल गर्ने काम गरौं । नाप तौल तथा गुणस्तर विभागलाई पालिका वा वडासम्म लाने काम गराैँ । माओले प्रतिक्रियावादीहरू कागजी बाघ हुन भने झै यो निर्णय र सूचना पनि जनताले नमाने पछि कागजी बाघ मात्रै हुने त होइन ?

गाउँपालिकाको निर्णयको विरोध गर्ने यी दुई प्रतिनिधि उदाहारण मात्रै हो । तामाङ समुदायको राम्रो नराम्रो काममा समेत सगुनको रुपमा चल्ने घरेलु रक्सीलाई प्रतिबन्ध लगाएको प्रति समुदायले नै विरोध जनाएको छ । चौरीदेउराली गाउँपालिकामा तामाङ समुदायको जनसंख्या सबैभन्दा धेरै छ ।

पालिकामा ९ वटा वडा रहेका छन् । त्यसमध्ये वडा नम्बर ५ बाहेक सबै वडामा तामाङ समुदायको बाक्लो बसोबास छ । उनीहरुले कुनै न कुनै प्रकारबाट आफ्नो सँस्कार र संस्कृतिको रुपमा घरेलु रक्सीलाई लिने गरेका छन् । तर गाउँपालिकाको निर्णयले समुदायलाई नै अपमान गरेको तामाङ अगुवाहरुको आरोप छ ।

प्रकाशित मिति : २०७७, ४ श्रावण आईतबार  ४ : ३४ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय