२०८१, १० बैशाख सोमबार

काभ्रेको महाभारत गाउँपालिकामा बाख्रा मर्न थालेपछि स्थानीय चिन्तित

काभ्रेको महाभारत गाउँपालिकामा बाख्रा मर्न थालेपछि स्थानीय चिन्तित


होमेन्द्र राना, घर्तीछाप/३० असारः काभ्रेको अति दुर्गम महाभातर गाउँपालिकाका विभिन्न वडामा अज्ञात रोगले बाख्रा मर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । पालिकाको घर्तीछाप, बनखु, फोक्सिङटार लगायतका क्षेत्रमा बाख्रा मर्न थालेका हुन् ।

बाख्रामा पेट सुन्निने, पिसाब रोकिने र सुख्खा खोकी लाग्ने लक्षण देखिने गरेको घर्तीछापबाट पत्रकार होमेन्द्र रानाले जानकारी दिनुभयो । एउटै किसानको ४ वटासम्म बाख्रा मरिसकेका छन् । एक साता भन्दाअघि देखि बाख्रामा अनौठो लक्षण देखिन थालेको स्थानीयहरुले बताएका छन् ।

घर्ती छापका अञ्जु मगरको ४ वटा बाख्रा र बलबहादुर रमौलि मगरका २ वटा खसि मरेका छन् । उपचारका लागि अहिलेसम्म कुनै पनि वास्ता नभएको स्थानीयहरुले गुनासो गरेका छन् । घर्तीछापको डबली, चाउडिक, गाताबेशी, गैरिगाउँ लगायतका गाउँमा सबैभन्दा धेरै बाख्रा मरेका छन् ।

प्रकाशित मिति : २०७७, ३० असार मंगलबार  ५ : ३७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने