२०८१, १० बैशाख सोमबार

मण्डनदेउपुर र पाँचखालका थप दुई जनामा कोरोना संक्रमण

मण्डनदेउपुर र पाँचखालका थप दुई जनामा कोरोना संक्रमण


धुलिखेल, २९ असारः काभ्रेमा फेरी थप दुई जना कोरोना संक्रमित थपिएका छन् । आज धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा मण्डनदेउपुर नगरपालिका २७ बर्षीय पुरुष र पाँचखाल नगरपालिकाका २३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ का ती पुरुष साउदी अबरबाट आएर क्वारेन्टाइनमा बसिरहेका थिए । मण्डनदेउपुर नगरपालिकामा हालसम्म १ सय १ जना क्वारेन्टाइन बसिकेका छन् भने आज १६ जना रहेका छन् ।

पाँचखालका संक्रमित पुरुष वडा नम्बर १० का हुन् । साउदी अबरबाटै नेपाल आइपुगेका उनी होल्डिङ सेन्टर हुदैँ असार ८ गते क्वारेन्टाइन पुगेका थिए । पाँचखालमा आज २३ जना क्वारेन्टाइनमा रहेका छन् ।

पोजेटिभ देखिएको दुबै जनालाई उपचारका लागि टेकु अस्पताल पठाइएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सदस्य सचिव नरेन्द्र कुमार झाले जानकारी दिए ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । त्यस मध्ये १० उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७, २९ असार सोमबार  ५ : ३३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने