२०८१, १३ बैशाख बिहीबार

आज भानु जयन्ती,भानुले रामायण नलेखेका भए…

आज भानु जयन्ती,भानुले रामायण नलेखेका भए…


काठमाडौं, २९ असारः अ‌ाज असार २९, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती । आज देश तथा विदेशमा समेत विभिन्‍न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

यस वर्ष कोरोना भाइरस संक्रमणकाे जाेखिमका कारण गत वर्ष जस्ताे धेरै कार्यक्रम, विद्यालय र क्याम्पसमा हुने कार्यक्रम हुने छैनन् । भौतिक दूरी कायम गरेर मात्र कार्यक्रम गरिनेछ । सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्नेले भने घरघरमा नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन् ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउँनुभएकाे छ । उहाँले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गर्नुभएकाे हाे ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएका थिए । जसले गर्दा उहाँलाई प्रेरणा मिल्‍याे । उहाँले रामायणलाई नेपालीमा उल्था गर्नुभएकाे थियाे ।

उहाँका वधुशिक्षा प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचना लगायत कृति निक्‍कै चर्चित छन् । उहाँकाे भाेलिवाद सम्बन्धि रचना ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ पनि उत्तिकै चर्चित छ ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन अ‌ादिकवि भानुभक्तको योगदान अतुलनिय छ । उहाँकाेबारे त्रिभुवन विश्वविद्यालयबाट थुप्रै शोधग्रन्थ लेखिएका छन् ।

उहाँकाे निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका ठाउँमा पनि मनाईंन्छ । उहाँकाे याेगदानकाे चर्चा गरेर तथा उहाँकाे सम्मानमा रचना वाचन गर्ने गरिन्छ ।

प्रकाशित मिति : २०७७, २९ असार सोमबार  ८ : १६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने