२०८१, ८ बैशाख शनिबार

जम्बुकाे बाढीमा बेपत्ता अझै फेला परेनन्

जम्बुकाे बाढीमा बेपत्ता अझै फेला परेनन्


धुलिखेल, २८ असारः सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकामा अवरिल वर्षासँगै आएको बाढीले बगाएकाहरुको खोजी कार्य जारी रहेको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ५ को जम्बोमा आएको बाढीमा परि १७जना बेपता भएको बाह्रबिसे नगरपालिकाका उपप्रमुख शुसिला पाख्रीनले जानकारी दिनुभयो । उहाँकाअनुसार दुई जनाको मृत्यृ भएको छ भने दुई जना घाईते भएका छन् ।

बढीले सडक बाटो अबरुद्ध बनाएको छ । हिड्नको लागी समेत बाटो नभएकाले बिस्थापति परिवालाई राहत पुर्याउन तथा बेपत्ताहरुको खोजिकार्यमा समस्या भएको बताईएको छ । जम्बुमा ३७ घर र खागदलमा २१ घर बिस्थापित भएका छन् । जम्बु भन्दा परि ४५ घर, कसेरी बस्तीमा करिब ७० घर जोखिममा रहेको बताईएको छ ।

त्यस्तै भोटेकोशी किनारको करिब ५० घर जेखिममा रहेको जनाईएको छ । जम्बुका केही बिस्थापित सामुहिक रुपमा बस्दै आएका छन् भने कोही आफ्ना आफन्तको घरमा बस्दै आएका छन् । खागदलका बिस्थापित परिवार सामुहिक रुपमा बस्दै आएका छन् । बिस्थापित परिवारलाई खाद्यान्न र बस्ने ब्यबस्था मिलाईएको नगरपालिकाका उपप्रमुख शुसिला पाख्रिनले बताउनुभयो ।

उता भोटेकोशी गाउँपालिकाकामा आउको बाढीमा बिस्थापीत परिवारलाई सुरक्षित स्थानमा राखिएको उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नम्बर ३ काबि स्थापित परिवारलाई सुख्खा बन्र्दगाहामा राखिएको छ । वडा १, २, ३ लगायत पाँचै वडामा पहिरो जाने सम्भावना भएको ठाँउका घरपरिवालाई सुरक्षित स्थानमा राखिएको छ ।

प्रकाशित मिति : २०७७, २८ असार आईतबार  ६ : २१ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता