२०८१, ७ बैशाख शुक्रबार

सिन्धुपाल्चोकको तातोपानीमा तीन घरमा क्षति, बस्ती नै पहिरोको उच्च जोखिममा

सिन्धुपाल्चोकको तातोपानीमा तीन घरमा क्षति, बस्ती नै पहिरोको उच्च जोखिममा


धुलिखेल, २६ असारः सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ तातोपानीमा अविरल बर्षासँगै आएको पहिरोले तीन घरमा क्षति पुर्याएको छ । वडाध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठका अनुसार खहरे र खाल्साहरुमा आएको लेदोले घरमा क्षति पुगेको हो ।

लार्चा खोलाले समेत एक जना बगाएको अपुष्ट खबर पाएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । गाउँमा टेलिफोन सम्पर्कमा समेत टुटेकाले वास्तविक विवरण आउन मुस्किल परेको छ ।

भैरवकुण्ड हाइड्रो पावरमा समेत क्षति पुगेको बताइएको छ । हाइड्रो पावर रहेको क्षेत्रमा १५÷२० धुरी घर रहेको र त्यो बस्ती पनि खोजिममा रहेको वडाध्यक्ष श्रेष्ठले बताए । केहिदिन अघि पनि हाइड्रो पावर रहेको ठाउँमा पहिरो खसेको बताइएको छ ।

प्रकाशित मिति : २०७७, २६ असार शुक्रबार  ९ : ५२ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता