धुलिखेल, २५ असारः काभ्रेको पाँचखाल नगरपालिकाले बिदेशबाट आउने आफ्नो नागरिकलाईहोम क्वारेन्टाईनमा बस्न दिने भएको छ । स्थल वा हवाई मार्गबाट आउने नागरिकले होम क्वारेन्टाईनमा बस्न चाहेमा बस्न दिने निर्णय नगर स्तरीय कोभिड १९ ब्यबस्थापन समितिको बैठकले गरेको छ । होम क्वारेन्टाईनमा बस्न चाहानेले स्थानीय प्रहरी र वडा कार्यालयको सिफारीस लिनु पर्ने प्रमुख प्रशासकिय अधिकृत लोक बाहादुर भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिफारिस लिएकाहरुले मन्त्रालयले तोकेको होम क्यारेन्टाईन सम्बन्धी मापदण्ड पुरा गरेर बस्नु पर्ने छ । होम क्वारेन्टाईनमा बस्न चाहेमा बस्न दिने निर्णय यस अघि नै जिल्ला स्तरीय कोभिड संकट ब्यबस्थापन केन्द्र सि सि एम सि ले गरेको थियो ।
यसैबीच बेथान्चोक गाउँपालिकाले क्वारेन्टाइन बस्ने सबैको पिसिआर गरेको जनाएको छ । क्वारेनटाइनमा बस्न सुरु गरेपछि ५ देखी १० दिन भित्र स्वाब संकलन गरि पिसिआरको लागि पठाउने गरिएको पालिकाका स्वास्थ्य संयोजक सिताराम तिमल्सिनाले जानकारी दिनुभयो ।
पालिकाले पिसिआर रिपार्टको आधारमा घर पठाउने गरेको छ । पालिकाको विभिन्न स्थानमा गरी ४८ बेडको क्वारेन्टाइन रहेको छ । क्वारेन्टाइनमा हाल ५ जना रहेका छन् ।
प्रतिक्रिया