२०८१, ७ बैशाख शुक्रबार

नेकपाको एकता जोगाउन जनवर्गीय संगठनको ज्ञापनपत्र

नेकपाको एकता जोगाउन जनवर्गीय संगठनको ज्ञापनपत्र


बनेपा २४ असार : नेपाल कम्युनिस्ट पार्टीभित्र बढ्दै गएको विवादलाई लक्षित गरी पार्टी समर्थित जनवर्गीय संगठनहरुले नेकपा काभ्रे जिल्ला कमिटीमार्फत केन्द्रीय कमिटीलाई ज्ञापनपत्र बुझाएका छन् ।


ज्ञापनपत्र जनवर्गीय संगठनका प्रतिनिधिहरुले जिल्ला अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाईवालाई बुधबार बुझाएका थिए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्साल, नेकपा वाग्मती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ जिल्ला कमिटी सदस्य हरिशरण दाहाल, मणि गौतम, रघुवर चौप्रधान, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य भेषराज शाह, अभिलास लामा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।


पार्टी एकताको बाँकी कार्यहरु पूरा नहुँदै पार्टी केन्द्रमा चर्किर्दै गएको विवादबाट पार्टी फूट र विभाजनको बाटोमा जान लागेको ठहर गर्दैै नेकपा समर्थित जनवर्गीय संगठनहरुले टुटफूट र विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै ज्ञापनपत्र बुझाएका हुन् ।


जनवर्गीय संगठनहरू राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल महिला संघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल किसान संघले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । पार्टी केन्द्रको विवादले संगठनलाई गम्भीर क्षति पु¥याएको ठहर गर्दै विवादको सही समाधान नखोजिए देश र जनताप्रति धोका हुने ती संगठनहरुको ठहर छ । पार्टीको एकतालाई थप मजबुत बनाउँदै जनताले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्न पार्टी केन्द्रलाई ती संगठनहरुले आग्रह गरेका छन् । ज्ञापनपत्र मार्फत विगतका सहमति, पार्टी विधान र निर्वाचनमा जनतासँग गरिएको प्रतिवद्धताको मर्म र भावनाअनुरुप विवेकपूर्ण ढंगले पार्टी नेतृत्वत चल्न समेत ज्ञापन पत्रमा अनुरोध गरिएको छ ।


पार्टीलाई कमजोर पार्ने गरी विभिन्न स्थानहरुमा पार्टी क्याडरहरुबाटै हुने गरेका नकारात्मक टिकाटिप्पणी र अनर्गल प्रचारबाजीप्रति पनि ती संगठनहरुले आफूहरुको ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता अनुशासनहीन र अनैतिक गतिविधिमा कोही पनि क्याडरहरु संलग्न नभई पार्टी एकतालाई पूर्णता दिनका लागि थप आधार बनाउन ती संगठनहरुले अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : २०७७, २४ असार बुधबार  ८ : ४६ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता