२०८१, ८ बैशाख शनिबार

काभ्रे प्रवेश गर्ने नाकामा थप कडाइ

काभ्रे प्रवेश गर्ने नाकामा थप कडाइ


धुलिखेल, २४ असारः काभ्रे प्रवेश गर्ने सबै नाकाहरुमा फेरी एक पटक कडाइ गरिने भएको छ । मंगलटार, दोलालघाट र साँगा नाकामा कडाइ गर्ने जिल्ला कमाण्ड पोष्ट काभ्रेले निर्णय गरेको हो । ती नाका भएर आवात जावात गर्ने सवारी साधनको चेकजाँचलाई कडाइ गर्ने र सवारी पास नभएका सवारी साधनलाई पूर्ण रोक लगाइने बताइएको छ ।

स्वास्थ्य निर्देशिका बमोजिम सवारी साधनमा यात्रा गर्ने यात्रुले मास्क नलगाएको र दुरी कायम नगरेको पाइए कार्बाहि गरिने कमाण्ड पोष्टले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले अर्को ब्यवस्था नहुदाँसम्म काभ्रेबाट अन्य जिल्ला जाने बस, मिनिबस, माइक्रोबस जस्ता सार्वजनिक यातायातका साधनलाई पास समेत नदिने उल्लेख गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले मंगलबार मात्रै बिभिन्न स्थानमा चेक जाँच गर्ने क्रममा नियम उल्लंघन गर्ने दर्जनौ सवारी साधनलाई कारबाही गरेको जनाएको छ । सवारी साधनहरुले प्रयोजन बिपरित मानिस ओसार पसार गरेको पाईएकोले त्यस्ता सवारी साधनबाट मानिसहरुलाई ओरालेर सम्झाई बुझाई गरी फिर्ता पठाएको र सवारी चालकलाई कानुन अनुसार कार्वाही गरी सवारी साधन समेत फिर्ता पठाईएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २४ असार बुधबार  ७ : १८ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता