२०८१, ७ बैशाख शुक्रबार

काभ्रेमा एकैदिन चार काेराेना संक्रमित थपिए

काभ्रेमा एकैदिन चार काेराेना संक्रमित थपिए


धुलिखेल, २१ असारः काभ्रेमा एकैदिन चार जना काेराेना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा पाँचखाल नगरपालिकाका दुईजना, महाभारत गाउँपालिका घर भई हाल धुलिखेलस्थित सञ्जिवनी क्वारेन्टाईनमा बस्दै आएको एक जना र बनेपा नगरपालिका नगरपालिकाका एक रहेका छन् ।

संक्रमित हुनेमा दुबईबाट असार ९ गते पाँचखालको क्वारेन्टाइनमा आएका पाँचखाल नगरपालिका वडा नम्बर १ का २६ बर्षीय पुरुष र साउदीबाट असार १३ गते आएका ३१ बर्षीय पुरुष छन् ।

त्यस्तै बुडोल स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्र क्वारेन्टाइनमा बस्ने साउदीबाट आएका बनेपा नगरपालिका वडा नम्बर १२ का २८ बर्षीय पुरुष र धुलिखेल स्थित सञ्जीवनी माविको क्वारेन्टाइनमा बस्ने दुबई बाट आएका महाभारत गाउँपालिका वडा नम्बर २ का २२ बर्षीय पुरुष रहेकाे स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । त्यस मध्ये ७ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् । जिल्लाको १३ वटा स्थानीय तह मध्ये पाँचखाल नगरपालिका, पनौती नगरपालिका, रोशी, बेथानचोक र महाभारत गाउँपालिकामा संक्रमित देखिएको छ ।

प्रकाशित मिति : २०७७, २१ असार आईतबार  ७ : ४३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता