२०८१, १० बैशाख सोमबार

पलाञ्चोक भवगती मन्दिरमा पार्किङका लागि जग्गा खरिद प्रक्रिया सुरु

पलाञ्चोक भवगती मन्दिरमा पार्किङका लागि जग्गा खरिद प्रक्रिया सुरु


धुलिखेल, २० असारः काभ्रेको प्रसिद्ध धार्मिक स्थल पलाञ्चोक भवती मन्दिरमा पार्किङको लागि जग्गा खरिदको काम सुरु भएको छ । पाँचखाल नगरपालिका वडा नम्बर ९ मा रहेको पलाञ्चोक भवगती मन्दिर क्षेत्रमा पार्किङ निर्माणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले जग्गा खरिद गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाको बजेटबाटै एक किता जग्गा खरिद गरिसकेको र बाँकी खरिद गर्ने प्रक्रियामा रहेको वडाध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । ३० लाखले जम्मा १० आनाको एक कित्ता जग्गा खरिद भएको हाे ।

मन्दिर पछाडिपट्टी रहेको ब्यक्तिगत जग्गा मन्दिरको नाममा रहने गरी खरिद गरिएको हो । पार्किङका लागि जग्गा खरिदका गर्न २०७६ साल चैत १८ गतेबाट सप्ताह ज्ञान महायज्ञ लगाउने तयारी थियो । तर कोरोना भाइरसका कारण महायज्ञ लगाउन नसकिने अवस्था आएपछि नगरपालिकाले नै बजेटको ब्यवस्था गरेको हो । ‘पार्किङ निर्माणका लागि हामीले महायज्ञ लगाउने योजना बनाएका छौँ, वडाध्यक्ष श्रेष्ठले भने ‘तर कोरोना भाइरसका कारण महायज्ञ लगाउन सकेनौँ, र पनि जग्गा खरिदका लागि नगरपालिकाले बजेटको ब्यवस्था गरे अनुरुप खरिद प्रक्रिया सुरु गरेका छौँ ।’

पार्किङका लागि ७ रोपनी जग्गा आवश्यक पर्नेछ । अहिले ब्यक्तिगत जग्गामै पार्किङ छ । पार्किङ गरे बापतको आम्दानी पनि सम्बन्धित जग्गा धनीले नै लिने गरेका छन् । मन्दिरको नाममा हाल पार्किङ भइरहेको जग्गा लिएपछि भने आम्दानी मन्दिरको स्वामित्वमा जाने वडाध्यक्ष श्रेष्ठले बताए । ‘पार्किङका लागि चालु आर्थिक वर्षबाट जग्गा खरिद प्रक्रिया सुरु भयो, अहिले ब्यक्तिले सञ्चालन गरिरहेको जग्गा नै खरिद गरेका हौँ, वडाध्यक्ष श्रेष्ठले भने ‘पार्किङका लागि आवश्यक पर्ने जग्गा मन्दिरको नाममा पास भइसकेपछि त्यसको आम्दानी पनि मन्दिरकै स्वामिस्वतमा जाने छ ।’

जग्गा खरिदका लागि ४ कराेड बराबर रकम खर्च हुने बताइएकाे छ । ब्यक्तिगत जग्गामा पार्किङ हुदाँ जग्गाधनीसँग बेला–बेला मन्दिर ब्यवस्थापन समिति र स्थानीयहरु बिच बिवाद हुदै आइरहेको छ । पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती तीन दिदी–बहिनीमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठूली हुन् भन्ने किंवदन्ती रहेको छ । २०७२ को भुकम्पले क्षति पुर्याएको पलाञ्चोक भगवती मन्दिर पुनर्निर्माण गरिएपछि भक्तजनका लागि खुल्ला भइसकेको छ ।

प्रकाशित मिति : २०७७, २० असार शनिबार  २ : ४६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने