२०८१, ८ बैशाख शनिबार

धुलिखेल नगरपालिकाले भन्यो ‘स्नातक तह पढ्ने विद्यार्थीलाई कुनै शुल्क लाग्दैन’

धुलिखेल नगरपालिकाले भन्यो ‘स्नातक तह पढ्ने विद्यार्थीलाई कुनै शुल्क लाग्दैन’


धुलिखेल, १९ असारः काभ्रेको धुलिखेल नगरपालिकाले धुलिखेल क्याम्पस र सञ्जिवनी नमुना क्याम्पसमा स्नातक तहमा पढ्ने धुलिखेलका सबै विद्यार्थिलाई कुनै पनि शुल्क नलिने निर्णय गरेको छ । सातौँ नगरसभाले नगरपालिकाभित्रका १२ वाटै वडाबाट यी दुई क्याम्पसमा स्नातक पढ्ने विद्यार्थीलाई कुनै पनि शुल्न नलिने निर्णय गरेको हो ।

नगरसभाले नगरपालिका भन्दा बाहिराबाट आएर यी दुई क्याम्पसमा पढ्ने विद्यार्थीलाई पनि ५० प्रतिशत छुट दिने निर्णय गरेको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो । नगरसभाले पारित गरेको निर्णय चालु शैक्षिक शत्रबाटै कार्यान्वयनमा आउनेछ ।

स्वस्थ प्रतिसपर्धा गरेर राम्रो अंक ल्याउनेलाई यो बाहेक अन्य छात्रावृत्तिको व्यवस्था गरिएको धुलिखेल नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव प्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार उच्च शिक्षामा सबै समुदायका विद्यार्थीको पहुँच पुर्याउन, शैक्षिक गुणस्तरमा सुधार ल्याउन र प्रतिस्पर्धात्मक प्रणालीको विकास गर्ने उद्देश्यले शिक्षामा नयाँ कार्यक्रम नगरपालिकाले विशेष महत्वका साथ सञ्चालन गरेको हो ।

प्रकाशित मिति : २०७७, १९ असार शुक्रबार  ३ : ३१ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता