२०८१, ८ बैशाख शनिबार

सांसद रत्न ढकालको निर्वाचन क्षेत्रमा आगामी वर्ष सञ्चालन हुने यस्ता छन् योजना

सांसद रत्न ढकालको निर्वाचन क्षेत्रमा आगामी वर्ष सञ्चालन हुने यस्ता छन् योजना


धुलिखेल, १६ असारः काभ्रे प्रतिनिधिसभा १ को प्रदेशसभा (क) बाट निर्वाचित बागमती प्रदेश सांसद रत्न ढकालले आफ्नो राजनीतिक यात्रा विद्यार्थी काल देखिनै सु? गरेका हुन् । उनी एक प्रखर बक्ताको रूपमा पनि चिनिन्छन् । कम बोल्ने तर बोलेको कुरा पुरा गर्ने नेताको ?पमा पनि उनलाई मदतादाले लिने गरेको पाइन्छ ।

प्रतिनिधिसभा १ को प्रदेशसभा (क) मा डाँडापारी क्षेत्रको महाभारत गाउँपालिका जस्तो अति विकट र कोशीपारी क्षेत्रको चौरीदेउराली गाउँपालिका जस्तो अति दुर्गम स्थानीय तह छन् । उनको निर्वाचान क्षेत्रमा ३६ वटा वडाहरू पर्छन । महाभारगाउँपालिका पुरै (१ देखि ८ नम्बर) चौरी देउराली गाउँपालिका पुरै (१देखि ९) वटा वडा र तेमाल गाउँपालिका पुरै (१ देखि १०) नम्बर वडासम्म पर्छन । त्यसै गरी रोशी गाउँपालिकाको ६, ७, ८, ९ , १०, ११ र १२ नम्बर वडा, नमोबुद्ध नगरपालिकाको ४, ५ र ६ नम्बर वटा वडा पर्छन् ।

आगामी आर्थिक वर्षका लागि सांसद ढकालले विकासका थुप्रै दीर्घकालिन योजनाहरू समावेश गरेका छन् ।

महाभारत गाउँपालिका
१. ताराखसे स्याप्लेडाडा भन्झ्याङ्ग सडक- १ करोड
२. देबिटार घर्तिछाप छोटेसाहन गैयाबारि सडक- १ करोड
३. पात्ले सिउरेनी सोला भन्झ्याङ टोकेदामर सडक-१ करोड
४. जुगेपानी घुडे बेतेनी पनिघाट बनखु गैरिटोल सडक- ३० लाख
५. टुनिबास घुडे बेतेनी सडक-३० लाख
६. पिन्थली रजबास चारकिल्ला देबिटार सडक (बहुबर्षे)- ४ करोड
७. भुमिचुली कलवन तिनखुट्टे सडक- २० लाख
८. खानिखोला तिनखुट्टे पुल (बहुबर्षे)- ३० लाख
९. चौकिडाडा सिपाली बुढाखानी फोक्सिङटार सडक- २५ लाख
१०. स्वास्थ चौकी स्तर उन्न्ती-१ करोड
११. देबिटार खेल मैदान-२० लाख
१२. गोकुले मा बि छात्राबास निर्माण- ७० लाख
१३. कालिदेबी मा बि ल्याब- १५ लाख
१४. ठाकुरस्थान आ बि तारबार- १५ लाख
१५. बनखु खानेपानीआयोजना-५० लाख
१६. चमेर ओडार सिन्चाइ- ७० लाख
१७. देबिटार गल्टार सिन्चाई- १ करोड
१८. आरुबोट पहिरो नियन्त्रण गोकुले-१५ लाख
१९.धाप छोटेसाहन गैयबारी सडक-४० लाख

चौरीदेउराली गाउँपालिकामा
१.छेडा काफ्ले कोइलिबगर सडक- १ करोड २५ लाख
२.खहरेघाट-बिर्ता-गोठपानी-कात्तिके देउराली-मादन कुडारी सडक- ८० लाख
३. गुम्पाटी-बाङ्गथली-दुति-खाडादेवी सडक- ३० लाख
४. दुधगाउ-छेडा सडक- ३५ लाख
५. पचुवार-भोर्लुङ्ग- कात्तिके देउराली सडक- ३० लाख
६. जखाडी-कात्तिके देउराली-बोक्से सडक- २० लाख
७. ढाडखर्क-पोखरी चौरी गुरासे सडक- ५० लाख
८. कात्तिके देउराली-पोखरी-हरे-खार-रुम्टी-बहखोला सडक- ४० लाख
९. बाङ्गथली सेतिदेवी निमावी-नाग्रे कोइलिबगर सडक- ३० लाख
१०. कात्तिके देउराली-पोखरी-राम्छे सडक- ३० लाख
११. माझिफेदा खानेपानी आयोजना- ५० लाख
१२. दोभानटार सिचाइ आयोजना मादन कुडारी ६,४- ७० लाख
१३. चौरीखोला पाथिभरा लिफ्ट खानेपानी- १५ लाख
१४. नाग्रे खानेपानी- ५ लाख
१५. बिर्तादेउरालि खानेपानी- १० लाख
१६. पाथिभरा मन्दिर- २० लाख
१७. श्री सिर्जनशिल मा वि- १२ लाख
१८. श्री अरनिको मा वि- १२ लाख
१९. तिर्थ स्मृति खेल मैदान- ३० लाख
२०. १५ शैयाको अस्पताल क्रमागत- ३ करोड

तेमाल गाउँपालिका
१. रोसाइबा लामागाँउ – आधाबाटो – बोहोरे दोभान – सडक-१ करोड
२. कालामाटी – मेच्छे – पौवा – टेकानपुर माम्ती सडक-१ करोड
३. कालढुंगा ल्होङसाल – मेच्छे पौवा (यारी रेम्पोर्जे) सडक-३० लाख
४. लोपोन छोइकु मार्ग-१० लाख
५. मेच्छे चक्रपथ (शहीद सुवास मार्ग)-१० लाख
६. चोपाटार – मुक्पाटार – सुनकोसी लिफ्ट सिंचाई-४० लाख
७. खानी खोला खहरे खोला खानेपानी-३०
८. मेच्छे भञ्ज्याङ वेशी, रोशी लिफ्ट-१० लाख
९. जनचेतना मा.वि. घेरावार निर्माण- १५ लाख
१०. मुक्पाटार सुनकोसी लिफ्ट सिंचाई-१० लाख
११. ठुलोपर्सेल ३,४,५ सपिक खानेपानी-५ लाख
१२. सरमथली खानेपानी-८ लाख ९४ हजार
१३. तिमाल ८ लिफ्ट सिंचाई क्रमागत-७५ लाख
१४. गिम्दी वेशी रोशी खोला लिफ्ट सिंचाई क्रमागत-७५ लाख
१५. मानकुलो सिंचाई तिमाल ५ (मर्मतकार्य)-१० लाख

नमोबुद्ध नगरपालिका
१. कानपुर–डाँडागाउँ बीपी राजमार्ग–३० लाख
२.बीपी राजमार्ग देखि देउराली हुदैँ कानपुर–कमेरे–५० लाख
३. बुच्चाकोट खानेपानी आयोजना (क्रमागत)–१५ लाख
४.मेथिनकोट खानेपानी आयोजना (क्रमागत)–१६ लाख
५.कानपुर खोनेपानी आयोजना (क्रमागत)–५० लाख
६.कानपुर खोनेपानी आयोजना (क्रमागत)–१८ लाख


प्रकाशित मिति : २०७७, १६ असार मंगलबार  ९ : २८ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता