२०८१, ७ बैशाख शुक्रबार

पाँचखाल र मण्डनदेउपुर नगरपालिकाका दुई सय किसानलाई हात्ते ट्याक्टर (भिडियो सहित)

पाँचखाल र मण्डनदेउपुर नगरपालिकाका दुई सय किसानलाई हात्ते ट्याक्टर (भिडियो सहित)


धुलिखेल, १५ असारः काभ्रेको पाँचखाल र मण्डनदेउपुर नगरपालिकाका दुई सय किसानलाई मिनी ट्याक्टर वितरण गरिएको छ । प्रधानमन्त्री आधुनिकरण कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र काभ्रेद्वारा अनेकोट–मण्डन तरकारी उत्पादक ब्लक सञ्चालक समिति मार्फत ती किसानलाई मिनी ट्याक्टर वितरण गरिएको सञ्चालक समितिका सचिव राममणि पौडेलले जानकारी दिए ।

जेठ ३० गतेदेखि असार १५ गतेभित्रसम्म मिनी ट्याक्टर वितरण गरिएको हो । पाँचखाल नगरपालिकाको वडा नम्बर १ र २ तथा मण्डनदेउपुरका किसानलाई (किसान ट्याक्टर ७.५) मिनी ट्याक्टर वितरण गरिएको सचिव पौडेलले बताए । ५० प्रतिशत कृषि ज्ञान केन्द्रको अनुदान सहयोग गरेको हो । त्यस्तै कुल लागतको ५० प्रतिशत किसानले लगानी गरेका हुन् । सोमबार मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ३ र ८ मा मिनी ट्याक्टर वितरण कार्यक्रममा सहभागि हुदैँ नगरप्रमुख टोक बहादुर वाइबाले आगामी दिनहरुमा नगरपालिकासँग थप साझेदारी गरेर कृषि क्षेत्रको काम गरिने बताए । उनले अनेकोट–मण्डन तरकारी उत्पादक ब्लक कार्यक्रम अन्तर्गत वितरण भएका मिनी ट्याक्टरको सदुपयोग भए नभएको बारे नगरपालिकाले अनुगमन गर्ने बताए ।

कार्यक्रममा सहभागि हुन पुगेकी उपप्रमुख निर्मला शाहिले पनि तरकारी उत्पादक ब्लक कार्यक्रम किसानका लागि अति आवश्यक रहेको बताइन् । उनले कार्यक्रम वास्तविक किसानकै लागि रहेको भन्दै नगरपापालिकाले पनि यस्ता कार्यक्रमलाई सहयोग गर्ने बताइन् ।

ती क्षेत्रमा तरकारी उत्पादक ब्लक कार्यक्रम चालु आर्थिक वर्षबाट सुरु भएको हो । कार्यक्रम तीन वर्षसम्म चल्ने छ । कोरोना भाइरसका कारण चालु आर्थिक वर्षमा मिनी ट्याक्टर वितरण बाहेक अन्य कार्यक्रम गर्न नसकेपछि आगामी आर्थिक वर्षबाट तरकारी उत्पादनसँग सम्बन्धित विविध गतिविधि गरिने सचिव पौडेलले बताए । ‘यो कार्यक्रम अनेकोट–मण्डन क्षेत्रमा तीन वर्षसम्म चल्नेछ, उनले भने ‘यो वर्ष कोरोना भाइरसका कारण मिनी ट्याक्टर मात्रै वितरण गरेका हौँ, आगामी बर्षबाट थप कार्यक्रमहरु सञ्चालन हुनेछ ।’

तरकारी उत्पादक ब्लक कार्यक्रम अन्तर्गत तरकारी उत्पादनका लागि आधुनिक औजार वितरणका साथै टनेल, पानी तान्ने पम्प, तरकारीको बीउ, तरकारी जोख्ने काटाँ, तरकारी राख्ने क्रेट, तरकारी प्याकिङ, लेबलिङ र बजारीकरणसम्मको काम गरिने सचिव पौडेलले बताए । किसानहरुले मिनी ट्याक्टरको अत्याधिक माग गरेका छन् ।

आलु सुपर जोन काभ्रेका अध्यक्ष हरि खतिवडाले किसानका लागि कम लगानीमा धेरै उत्पादन गर्न सक्ने गरी सीप र ज्ञान दिन आवश्यक रहेको बताए । उनले सुपर जोन अनेकोट–मण्डन तरकारी उत्पादक ब्लक कार्यक्रमसँग सहकार्य गर्ने बताउँदै कार्यक्रमलाई थप प्रभावकारी बनाउन साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

हेर्नुस् भिडियाे

प्रकाशित मिति : २०७७, १५ असार सोमबार  ७ : ४८ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता