२०८१, १२ बैशाख बुधबार

धुलिखेलका अधिकांश मासु पसल मापदण्ड विपरित

धुलिखेलका अधिकांश मासु पसल मापदण्ड विपरित

डिजिटल तराजु र मुल्य सूची छैन


धुलिखेल, १४ असारः काभ्रेको सदरमुकाम धुलिखेलका अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालन भइरहेको पाइएको छ । आइतबार भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अगुवाईमा भएको बजार अनुगमनका क्रममा अधिकांश पसलले मापदण्ड पुरा नगरेको पाइएको हो ।

धुलिखेल नगरपालिका, प्रहरी, उद्योग वाणिज्य संघ, खाद्य तथा गुण नियन्त्रण कार्यालय लगायत सहभागि अनुगमन टोलीले ११ वटा पसलको अनुगमन गरेको थियो । त्यसमध्ये धेरै पसल बिना दर्ता सञ्चालन भइरहेको पाइएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डाक्टर मोगल प्रसाद शाहले जानकारी दिए ।

उनका अनुसार अधिकांश पसल सञ्चालकले टायल, सिसा, जाली नलगाइएको पाइएको हो । त्यस्तै डिजिटल तराजु नराखेको, मुल्य सूचि नटाँसेको, मासु पसलमा बस्नेले एप्रोन, गमबुट नलगाएको र पानीको उचित ब्यवस्था नगरेको डाक्टर शाहले बताए । धेरै पसलले राँगा, खसी र कुखुराको मासु एकै ठाउँमा राखेर बेचेको समेत पाइएको छ ।

मापदण्ड विपरित सञ्चालन भइरहेका पसलहरुलाई सुधारका लागि अनुगमन टोलीले समय निर्धारण गरेको छ । समितिले १ हप्ता भित्र डिजिटल तराजु राख्न समय तोकेको छ । त्यस्तै टायल, सिसा र जाली राख्न एक महिनाको समय दिइएको डाक्टर शाहले जानकारी दिए । अर्का पटक अनुगमन गर्दा पनि केहि सुधार नभएको पाइए कारबाही गरिने उनले बताए ।

प्रकाशित मिति : २०७७, १४ असार आईतबार  ४ : ११ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने