२०८१, ८ बैशाख शनिबार

मदन भण्डारीको सिद्धान्त अविचलित अघि बढी रहन्छ : पूर्व मन्त्री बाँस्कोटा

मदन भण्डारीको सिद्धान्त अविचलित अघि बढी रहन्छ : पूर्व मन्त्री बाँस्कोटा


धुलिखेल, १४ असारः पूर्व सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मदन भडारीको सिद्धान्त अविचलित अघि बढ्ने बताएका छन् । ६९ औँ जन्मजयन्तिका अवसरमा धुलिखेलमा निर्मित मदन भण्डारीको शालिकमा माल्यार्पण तथा वृक्षारोपण कार्यक्रममा सहभागी हुदैँ बाँस्कोटाले यस्तो भएका हुन् ।

उनले विभिन्न आन्दोलनका नाममा लेलिनको समेत शालिक ढालिएको भन्दै मण्डन भण्डारी हरेक नेपालको मन मनमा रहेको भन्दै कहिल्यै नढल्ने विश्वास ब्यक्त गरे । राष्ट्रिय युवा संघ काभ्रेले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ‘आन्दोलनहरु विशृंखलित हुदाँ जाँदा लेलिन र माक्र्सका समेत शालिक ढालिएका छन्, तर मदन भण्डारीको शालिक ढालिने शालिक होइन्, यो मन र मस्तिष्कमा बसेको शालिक हो ।’

उनले शालिक आफै नबोल्ने भन्दै भण्डारीका बिचारलाई जिवन्तता दिन आवश्यक रहेको औल्याए । मदन भण्डारीको विचारलाई जिवन्तता र निरन्तरता दिन आउँदो पुस्ताले ग्रहण गर्नुपर्नेमा उनले जोड दिए । ‘मुलभूतमा शालिक आफै बोल्ने कुरा होइन, तर मदन भण्डारीका बिचारलाई युवा पुस्ताले ग्रहण गर्नु पर्छ, उनले भने भण्डारीका सिद्धान्तहरु अध्ययन गरेर जीवन पद्धतिका रुपमा आंगाल्नु पर्छ ।’

भिडियो हेर्नुस्:

प्रकाशित मिति : २०७७, १४ असार आईतबार  १२ : ११ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता