२०८०, १६ चैत्र शुक्रबार

कृषि र पशुमा पनौती नगरपालिकाको आकर्षक कार्यक्रमः युवालाई दुई लाखसम्म अनुदान

कृषि र पशुमा पनौती नगरपालिकाको आकर्षक कार्यक्रमः युवालाई दुई लाखसम्म अनुदान


धुलिखेलख, ११ असारः अघिल्ला वर्षहरुमा पनि कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको पनौती नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि कृषि र पशुपालनाका योजनालाई निकै प्राथमिकतामा राखेको छ । नगरसभामा प्रमुख भिम न्यौपानेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र पशुपालन क्षेत्रमा लाग्ने युवाहरुलाई विशेष प्राथमिकतामा राखिएको छ ।

नगरप्रमुख न्यौपानेले भैसी सुत्केरी भत्तालाई कार्यक्रममा निरन्तरता दिएका छन् । नगरपालिकाले पहिलो बेत ब्याएकोलाई ५ हजार र अन्य बेतकालाई २ हजारका दरले भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकाले कृषि र पशु विकास कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका युवालाई नमूना स्वरुप दुई लाख रुपैयाँ सम्मको अनुदान दिइने नीति तथा कार्यक्रममा समेटिएको छ ।

नगरपालिकाले भैसीको स्रोत केन्द्र स्थापना गर्ने गरी आगामी आर्थिक वर्ष ४ सय वटा भैसीको पाडी वितरण गर्ने भएको छ । नगरप्रमुख न्यौपानेले आफ्नो नीति तथा कार्यक्रममा पशुपन्छी तथा बाली बिमा गर्ने किसानलाई प्रिमियम रकमको ५० प्रतिशत अनुदान दिने उल्लेख गरेका छन् । सामुदायिक पशु बिमा कार्यक्रमलाई सुदृढिकरण गर्दै विमित पशु संख्याको समेत मुल्याङ्कन गरी न्यूनतम २ लाख देखि १० लाख रुपैयाँसम्मको अनुदान दिने कार्यक्रममा समेटिएको छ ।

अलैची खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदानको ब्यवस्था गरिएको छ । त्यस्तै कृषि र पशुपन्छी विकासका लागि प्रयोग हुने यन्त्र उपकरण खरिदमा नगरपालिकाले ६० प्रतिशत अनुदान दिने भएको छ । पशु प्राविधिकलाई खोप लगाउँदा दिदैँ आएको प्रति पशु १० रुपैयाँलाई सतप्रतिशत बढाएर नगरप्रमुख न्यौपानेले २० रुपैयाँ पुर्याएका छन् । त्यस्तै पशुसेवा प्राविधिकहरुको जीवन बिमा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

नगरप्रमुख न्यौपाने भकारो सुधार अनुदान तर्फ १० लाख रुपैयाँ विनियोजन गरेका छन् । त्यसका लागि २ वटा माउ गाई भैसी र १० वटा बाख्राको माउ हुनुपर्नेछ । नगरपालिकाले आगामी आर्थिक वर्ष फलफूल बगैचा स्थापनाका लागि कम्तीमा ६० प्रतिशत अनुदानमा विरुवा उपलब्ध गराउने भएको छ । अनुदानमा उपलब्ध गराइने विरुवा कम्तीमा १ रोपनी क्षेत्रफल जमिनमा लगाउनुपर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७७, ११ असार बिहीबार  १० : ५६ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय