JavaScript must be enabled in order for you to see "WP Copy Data Protect" effect. However, it seems JavaScript is either disabled or not supported by your browser. To see full result of "WP Copy Data Protector", enable JavaScript by changing your browser options, then try again.
Logo

काभ्रेका कुन स्थानीय तहले ल्याए नीति, कार्यक्रम र बजेट, कुनले ल्याएनन् ?



धुलिखेल, १० असारः काभ्रेमा १३ वटा स्थानीय तह छन् । असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउनै पर्ने बाध्यकारी प्रावधान छ । जिल्लाको ८ स्थानीय तह नीति र कार्यक्रम सहितको बजेट ल्याएका छन् । ३ वटा स्थानीय तहले नीति तथा कार्यक्रममात्रै ल्याएका छन् भने २ वटा स्थानीय तहहरुले अन्तिम कसरत गरिरहेको बताएका छन् ।

बनेपाको बजेट १ अर्ब १५ करोड
काभ्रे जिल्लाको पहिलो नगरपालिका बनेपाले आगामी आर्थिक वर्षका लागि १ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आज बसेको नगरसभामा उपप्रमुख रेखा दाहाल सापकोटाले १ अर्ब, १५ करोड, ७१ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि पूजीगत तर्फ ६० करोड ७२ लाख ३१ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै संघीयको सरकारको ससर्त अनुदान तर्फ २९ करोड २८ लाख, प्रदेश सरकारकाको ससर्त अनुदान १ करोड ८२ लाख ४ हजारको बजेट प्रस्तुत गरिएको छ । त्यस्तै नगरपालिका तर्फ २३ करोड ८१ लख २६ हजार रुपैयाँ आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको छ ।

धुलिखेल नगरपालिका
धुलिखेल नगरपालिकाले पनि आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आज बसेको ७ औँ नगरसभामा नगरप्रमुख अशोक ब्याञ्जुले चालू खर्च तर्फ ५१ करोड ४ लाख ४० हजार र पूजीगत तर्फ ६० करोड ६ लाख ७१ हजार रुपैयाँ बिनियोजन गरेको जानकारी दिनुभयो । नगरसभामा उपप्रमुख बिमला शर्माले नगरपालिकाको प्रगति, आगामी कार्यक्रम र नीति प्रस्तुत गर्नुको थियो ।

पनौतीको बजेट १ अर्ब ३२ करोड
काभ्रेको पनौती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३२ करोड रुपैयाँको बजेट प्रस्ताव गरेको छ । आज बसेको ७ औँ नगरसभामा उपप्रमुख गिता बञ्जाराले बजेटको प्रस्ताव गर्नुभएको हो । नगरसभामा प्रमुख भिमप्रसाद न्यौपानेले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । भोली बस्ने नगरसभामा आज प्रस्ताव गरिएका नीति, कार्यक्रम तथा बजेट निर्णयार्थ पेश गरिने नगरपालिकाले जनाएको छ ।

मण्डनदेउपुरमा ९२ करोड
काभ्रेको सबैभन्दा कान्छो नगरपालिका मण्डनदेउपुरले पनि आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । उपप्रमुख निर्मला शाहिले ७ औँ नगरसभामा ९२ करोड २५ लाख ७९ हजार ७५१ को निति कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएकाे हाे । नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिका प्रमुख टोक बहादुर वाइबाले कोरोना नियन्त्रण अन्तर्गत स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिनुभएको छ । विगतका वर्ष देखि नै शिक्षा उच्च प्राथमिकतामा राखेको नगरपालिकाले यो वर्ष पनि उत्तिकै प्राथमिकता दिएको छ । त्यस्तै कृषि, पशु र पर्यटनको क्षेत्रमा पनि बजेट विनियोजन गरिएको प्रवक्ता डिल्ली आचार्यले जानकारी दिनुभयो ।

रोशीको बजेट ५८ करोड, ९९ लाख
काभ्रेको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आज भएको ७ औँ गाउँसभामा उपप्रमुख लक्ष्मी बर्तौलाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ९९ लाख ५६ हजार बजेट प्रस्तुत गर्नु भएको हो । सभामा पालिका अध्यक्ष डिबी लामाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । ‘रोशीको दृष्टि पर्यटन र कृषि’ भन्ने मूल नाराका साथ रोशी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको छ ।

खानीखोलाको बजेट ४२ करोड ९५ लाख
काभ्रेको विकट क्षेत्रमा पर्ने खानिखोला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७÷७८ का लागि ४२ करोड ९५ लाख ३५ हजार १ सय ७० रुपैयाँ बजेट प्रस्तुत गरेको छ । आज सम्पन्न भएको ७ सातौ गाउँसभामा पालिका उपाध्यक्ष रुक्मणी गुरुङले बजेट प्रस्तुत गर्नुभएको हो । यही बजेट अन्र्तगत आगामी आर्थिक बर्षमा कृषि, शिक्षा, स्वास्थ्य र स्वरोजगार कार्यक्रमहरु गरिने अध्यक्ष कृष्ण बहादुर खुलालले जानकारी दिनुभयो ।

कोशीपारीको दुबै पालिकाले ल्याए बजेट
काभ्रेको दुर्गम क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाले पनि आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । पालिकाका उपाध्यक्ष तारा कुमारी चौलागाईले आज ७ औँ नगरसभामा ४७ करोडको बजेट प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक बर्ष २०७७/७८ मा स्वास्थ्य, कृषि र पुराना योजनाहरुलाई निरन्तरता दिइने उपाध्यक्ष चौलागाईले बताउनुभयो । यसैबीच कोशीपारी क्षेत्रमै रहेको भुम्लु गाउँपालिकामा ४५ करोड, ७५ लाख ८ हजार बजेट प्रस्तुत गरेको छ । आज भएको ७ साताैँ गाउँ सभामा पालिका प्रमुख गुमानध्वज कुँवरले नीति, कार्यक्रम तथा बजेट पेश गर्नुभएको हो । असार ३० गते भित्र बजेट पास गरिसक्ने अध्यक्ष कुवँरले जानकारी दिनुभयो ।

आउनबाँकी
डाँडापारी क्षेत्रमै रहेको महाभारत गाउँले पनि आजै आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ । तर यो समाचार तयार पार्दा सम्म सार्वजनिक भने भएको छैन । चालु आर्थिक बर्ष ३० करोड ३२ लाख बजेट ल्याएको पालिकाले आगामी आर्थिक वर्षका लागि ४० करोडको बजेट ल्याउने गरी तयारी थालिएको प्रवक्ता रविन मोक्तानले जानकारी दिनुभयो । प्रस्तुत नीति, कार्यक्रम र बजेट १६ गते बस्ने नगरसभाले पारित गर्नेछ । त्यस्तै तेमाल गाउँपालिकाले पनि आजै नीति, कार्यक्रम तथा बजेट ल्याउने अन्तिम कसरत गरिरहेको छ ।

नीति तथा कार्यक्रममात्रै पेश
काभ्रेको पाँचखाल नगरपालिकाले नीति तथा कार्यक्रम मात्रै पेश गरेको छ । यसअघिका बर्षहरुमा नीति, कार्यक्रम र बजेट एकै पटक ल्याउने गरेको नगरपालिकाले यसपटक भने बजेट केहि दिन पछि मात्रै ल्याउने प्रवक्ता सञ्जय तामाङले बताउनुभयो । त्यस्तै नमोबुद्ध नगरपालिकाले पनि नीति तथा कार्यक्रम मात्रै आज नगरसभामा पेश गरेको छ । नीति तथा कार्यक्रममा वृहत छलफल पछि मात्रै बजेट ल्याइने प्रवक्ता सञ्जिव ढकालले जानकारी दिनुभयो । बेथानचोक गाउँपालिकाले पनि नीति तथा कार्यक्रम मात्रै ल्याएको छ । नीति तथा कार्यक्रमको छलफल सकिएपछि मात्रै बजेट ल्याउने पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

पाँचखालका विद्यालयमा पठनपाठन सुरु

धुलिखेल ५ असोज : पाँचखाल नगरपालिका भित्र रहेका नीजि तथा सरकारी विद्यालयहरुमा पठनपाठन सुरु भएको

काभ्रे तेमालका सबै शिक्षकहरुको निःशुल्क कोरोना बिमा

धुलिखेल, १७ भदौँः काभ्रेको तेमाल गाउँपालिकाले आफ्नो पालिकाभित्र कार्यरत शिक्षकको निःशुल्क कोरोना बिमा गरिदिने भएको

बेथानचोक गाँउपालिकाले बैकल्पीक शिक्षण सिकाई बन्द गर्ने

धुलिखेल २४ साउन : काभ्रेको बेथानचोक गाँउपालिकाले बैकल्पीक शिक्षण सिकाई सहजिकरण कार्यबन्द गर्ने निर्णय गरेको

महाभारत गाउँपालिकामा शिक्षकलाई कम्प्युटर तालिम

धुलिखेल २० साउन : काभ्रेको विकट क्षेत्रमा पर्ने महाभारत गाँउपालिकामा कार्यरत शिक्षकहरुलाई कम्प्युटर तालिम दिने

नमोबुद्ध र पनैती नगरपालिकाले तत्काल विद्यालयमा पठन पाठन नगर्न आग्रह

धुलिखेल २० साउन : काभ्रेको नमोबुद्ध र पनौती नगरपालिकाले तत्काल पठन पाठन सुरु नगर्न विद्यालयहरुलाई

पूर्व मन्त्री बाँस्कोटाको पहलमा मण्डनदेउपुरका सामुदायिक विद्यालयको यसरी फेरिदैँ मुहार

धुलिखेल, ५ साउनः सरकारमा सहभागि भएको छोटो समयमै विवादपछि राजिनामा दिएका पूर्व सञ्चार तथा सूचना