२०८१, १ बैशाख शनिबार

यी हुन् प्रदेश सांसद लम्सालको निर्वाचन क्षेत्रमा आगामी वर्ष सञ्चालन हुने योजना

यी हुन् प्रदेश सांसद लम्सालको निर्वाचन क्षेत्रमा आगामी वर्ष सञ्चालन हुने योजना


धुलिखेल, ८ असारः बागमती प्रदेश सरकारले बागमती प्रदेश सरकारबाट आर्थिक वर्षको ०७७÷७८ मा प्रदेशभित्रको १३ वाटै जिल्लामा सञ्चालन हुने विकास योजना र बजेटको छिनोफानो गरिसकेको छ । यो पटक काभ्रे प्रदेश सभा निर्वाचन क्षेत्र २ (क) का सांसद लक्षमण लम्सालको निर्वाचन सडक र सिँचाईले मुख्या प्राथमिकता पाएका छन् ।

सांसद लम्सालको निर्वाचन क्षेत्रमा धुलिखेल नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म, पाँचखाल नगरपालिकाको १३ वटै वडा, भुम्लु गाउँपालिकाको १० वटै वडा र मण्डनदेउपुर नगरपालिकाको ७ देखि १२ नम्बर सम्मका वडा गरी जम्मा ३६ वटा वडा पर्छन् । सांसद लम्साल आगामी आर्थिक वर्षमा यी सबै वडाका लागि कुनै हिसाबले समेट्ने गरी प्रदेशको सरकारको बजेट पार्न सफल भएका छन् ।

लम्सालको निर्वाचन क्षेत्रमा सबैभन्दा बढी सडक र पुलका योजना छन् । २ करोड लागतमा डुडामुख–देविटार–घुमाउनेचौर पाँचखाल–फेदी सडक सडक बन्ने छ । जसले धुलिखेल, पाँचखाल, मण्डन तीन वटै क्षेत्र समेट्ने छ । त्यस्तै भुम्लुटार–सल्ले सडकका लागि ४ करोड विनियोजन भएको सांसद लम्सालले जानकारी दिए ।

फेदी जैसीथोक चण्डेनी आँपघारी सडकमा ४५ लाख विनियोजन गरिएको छ । पाँचखाल तामाघाट वोरे दोभान सडकले ३० लाख रुपैयाँ बजेट पाएको छ । दोलालघाट सिलामेभीर सापिङ सिम्थली बेखसिम्ले सडकका लागि ७५ लाख विनियोजन भएको छ । त्यसैगरी धुलिखेलको सरस्वती बजार पिपलबोटका लागि ९९ लाख ९९ हजार परेको छ । धुलिखेल रबि नगरकोट सडकमा १ करोड २५ लाख विनियोजन गरिएको छ ।

धुलिखेलकै पूण्यमाता पुल निर्माणमा लागि ९८ लाख ८१ हजार विनियोजन गरिएको छ । धुलिखेल कुताल रवि सडकमा ४० लाख, श्रीखण्डपुर पुल देखि के.यू.सडकमा ४० लाख, धुलिखेमै ब्याकुला मार्ग सडकमा २० ला,सरस्वतीवजार हुँदै वि.पि. हाईवे जोड्ने सडकमा २० लाख, सिस्ने खोला, सेतीदेवी मा.वि. देविटार सडकमा२० लाख बजेट परेको छ ।

पाँचखालको वडा नं. २ देखि हाँगे ढाँटी सडकमा २० लाख, खावा झिकुखोला हुँदै रवि जोड्ने सडकमा २० लाख, डाँफे खोला हुँदै तामाघाट कृषि सडक, २० लाख, जयकृष्ण पार्टी प्यालेस देखि कृष्ण मन्दिर सडकका लागि २० लाख र तीनपिप्ले एकताबस्ती कल्छे सडकका लागि १५ लाख रुपैयाँ बजेट परेको छ । सडक तर्फ नै पाँखालको मानेगाउँ भोटेखोला जरेटार सडक स्तरोन्नतीका लागि ९९ लाख ६४ हजार, खावा गणेश मा.वि. वडा नं. ५ सडकमा ९९ लाख ७० हजार, वि.पि. हाईवे वेला रानीपानी सडकमा ९९ लाख ९४ हजार, चापाबोट लुईटेल गाउँ नयाँगाउँ वेला सडकमा ३० लाख विनियोजन भएको छ ।

मण्डनदउपुर नगरपालिकाको कुन्ता पौवाटार सडकमा ५० लाख र हिगुवापाटी फेदी बैकल्पिक सडकका लागि ९९ लाख ८७ हजार विनियोजन गरिएको छ । मण्डनदेउपुर नगरपालिकाको ९ र १० जोड्ने टोड्के खोला सडक पुल निर्माणका लागि १ करोड ५० लाख विनियोजन भएको छ ।

भुम्लु गाउँपालिकाभित्र पर्ने ५४ किलो नम्बरीडाँडा पलाञ्चोक सडकमा ५० लाख, भुम्लु रक्षमा चौवास सडक ५० लाख, चेहेरे रिठ्ठे सापिङ भुम्लुटार सडक ५० लाख, सल्ले माने डाँडा देखि मुलावारी सडकमा २५ लाख विनियोजन भएको छ । त्यसैगरी भेटिखोट डाँडा खमारे सिम्थली सडकमा २५ लाख, सल्ले दुधगाउँ सडकमा २५ लाख र घारीखेत कृषि सडकलाई २५ लाख विनियोजन भएको सांसद लम्सालले बताए ।

सांसद लम्सालको निर्वाचन क्षेत्रमा सडक पछि धेरै योजना सिँचाईका छन् । २० वटा सिँचाईको योजना आगामी वर्ष सञ्चालन हुनेछन् । धुलिखेलको सुँगुरे जमटे सिंचाई योजना रबिओपीलाई ९० लाख, सिस्नेखोला सिंचाईलाई ६५ लाख ८० हजार र सिखरकटेरी सिंचाई योजना (धुलिखेल २ ) ५० लाख विनियोजन गरिएको छ ।

पाँचखालको ३, ४ र ७ नम्बर वडालाई समेट्ने गरी राजकुलो सिंचाईलाई ८३ लाख ७० हजार विनियोजन भएको छ । धनेको बाँध सहेले पोखरी सिंचाईमा १० लाख, जुकेकुलो सिंचाई ६० लाख र हर्शे वजार सिंचाई कूलो मर्मतका लागि ३० लाख विनियोजन गरिएको छ । पाँचखालमै पाँचखाल डिप ट्यूवेल सिंचाई आयोजनामा ४० लाख, तीनसय बाँध सिंचाई योजनामा २५ लाख, चाखोला जोरपिप्ले लिफ्ट सिंचाईका लागि ३० लाख, पाँचखाल ट्यूवेल सिंचाईका लागि २० लाख र टटले मकले ढोडबेशी सिंचाईका १ करोड ६५ लाख विनियोजना गरिएको छ ।

मण्डनदेउपुरको आशीखोला आँपखोला सिंचाईका लागि ३० लाख, कुन्ताबेशी डिप ट्यूवेल सिंचाईमा ७० लाख, भाटपोल झगरे डाँडा गैराथोक डिपवोरिङ्ग सिंचाईमा ४० लाख, मण्डन डिप ट्यूवेल सिंचाई आयोजना ७५ लाख, चाखोला मुहाने ढाईटार सिंचाईका लागि १ करोड २५ लाख, जोगिटार चण्डेनी मण्डन सिंचाईमा ४० लाख र ईन्द्रवती लिफ्ट सिंचाईका लागि १० लाख ७० हजार विनियोजन भएको सांसद लम्सालले बताए । थुम्की डुङ्ग डुङ्ग खोला सिंचाईमा ६० लाख विनियोजन गरिएको छ ।

खानेपानी तर्फ आगामी आर्थिक वर्षका लागि ७ वटा योजनामा बजेट विनियोजन गरिएको छ । कोलाती भुम्लु खानेपानी १ करोड २५ लाख, भीमसेनथान खानेपानी १ करोड २५ लाख र दोलालघाट नौलेगाउँ डिपवोरिङ्ग खानेपानीका लागि ५० लाख विनियोजन गरिएको छ ।

त्यसैगरी पाँचखालको भमरकोट खानेपानीमा १ करोड २५ लाख, ढुङ्गानावेशी छेडा खानेपानीमा ९ लाख र लामिडाँडा खानेपानीमा १५ लाख विजिनियोजन गरिएको छ भने कुन्ता पौवा लिफ्ट खानेपानी १ करोड २५ लाख छुट्याइएको छ ।

भूसंरक्षण र नदी नियन्त्रण तर्फ ४ वटा योजना छन् । धुलिखेलको स्याङ्गतान टोल पहिरो नियन्त्रणका लागि १५ लाख, मण्डनदेउपुरको बेलबोट खोल्सा चाखोला नदी नियन्त्रणका लागि १५ लाख, पाँचखालमा झिकुखोला कलवर्ट निर्माण तिमालबेशी २५ लाख र मण्दनदेउपुरको चाखोला नदी नियन्त्रणका लागि २० लाख रुपैयाँ विनियोजना भएको छ ।

स्वास्थ्यमा मण्डन देउपुर नगरस्तरीय अस्पताल निर्माणका लागि ७ करोड, धुलिखेल अस्पताल पूँजीगत सुधारका लागि ५० लाख र पाँचखालको बेलामा निर्माण हुने शहरी स्वास्थ्य केन्द्रका ५० लाख बजेट विनियोजन भएको छ ।

पर्यटन तर्फ दोलालघाट जल विहार सहितको पिकनिक पार्कका लागि १ करोड, धुलिखेल पर्यटकिय क्षेत्र विकास पूर्वाधार विकास योजनामा ८ लाख र अनेकोट मानेगाउँ पर्यटन क्षेत्र विकास पूर्वाधार विकास २० लाख विनियोजन भएको सांसद लम्सालले बताए ।

खेल क्षेत्रको विकासका लागि पाँचखालमा नगरस्तरीय खेल मैदान निर्माणका लागि ३० लाख र धुलिखेल रङ्गशाला निर्माणका २५ लाख विनियोजन गरिएको छ ।

त्यस्तै कृषि, बन, उद्योग तथा भुसंक्षण सम्बन्धी कार्यक्रम जिल्ला कार्यालय मार्फत आउने छ । कृषि औजार अनुदान, बिउबिजनम सहुलियत, निश्चित बालिमा समर्थन मूल्यको कार्यक्रम, फलफूलको बिरुवा, बन सम्रक्षण कार्यक्रम, घरेलु उद्योग, तालिम र पशुपालन प्रबद्र्धन कार्यक्रम सम्बन्धित जिल्ला कार्यालय मार्फत सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०७७, ८ असार सोमबार  १० : ५४ बजे

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता