Logo

बनेपा प्रहरीद्वारा हार्डवेयर पसल चोरी गर्ने सार्वजनिक



धुलिखेल, ४ जेठः इलाका प्रहरी कार्यालय बनेपालले हार्डवेयर पसल चोरी गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले बनेपाको तेण्डल हार्डवेयरको काउन्टर फोरेर नगद चोरी गर्नेलाई बिहिबार सार्वजनिक गरेको हो ।

हार्डवेयर चोरी गर्ने चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं १ का २७ बर्षीय प्रकाश जंग कुँवर रहेका छन् । कुँवरको साथबाट १ लाख ५० हजार रुपैपाँ समेत बरामद गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमूख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । कुँवर बुधबार पक्राउ परेका थिए ।

कुँवरले जेठ २८ गते राति दश बजेतिर हार्डवेयरको काउन्टरमा रहेको ९ लाख ४ हजार २७५ रुपैयाँ चोरि गरेको भन्दै हार्डवेयर सञ्चालकले प्रहरीमा उजुरी दिएका थिए । कुँवरलाई पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १ डाँडाटोल स्थित साडु दाईको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इनिस्पेक्टर तिमिल्सिनाले बताए ।

हार्डवेयरको पूर्वपट्टी रहेको गेटबाट उनी भित्र छिरेको अनुसन्धानबाट खुलेको छ । ‘गेटको भूईमा रहेको मोटो पन्छाएर हार्डवेयर पसलभित्र प्रवेश गरेको पाइयो, इनिस्पेक्टर तिमिल्सिनाले भने ‘थप अनुसन्धान भइरहेको छ ।’

अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट दश दिनको म्याद थप भइसकेको छ । बनेपामा चोरी गरिसकेपछि उनीले काठमाण्डौमा गएर किनमेल गरेको अनुन्धानबाट खुलेको छ । कुँवरका साथबाट नयाँ मोबाइलसेट समेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

धुलिखेल नगरपालिकाले भन्यो ‘स्नातक तह पढ्ने विद्यार्थीलाई कुनै शुल्क लाग्दैन’

धुलिखेल, १९ असारः काभ्रेको धुलिखेल नगरपालिकाले धुलिखेल क्याम्पस र सञ्जिवनी नमुना क्याम्पसमा स्नातक तहमा पढ्ने

शिक्षामा मण्डनदेउपुर नगरपालिकाको लोभलाग्दो कार्यक्रम

धुलिखेल, ११ असारः काभ्रे जिल्लाको कान्छो नगरपालिका मण्डनदेउपुरले शिक्षा क्षेत्रमा आगामी बर्ष पनि लोभलाग्दो कार्यक्रम

सरकारले वर्ष एसईई परीक्षा नलिने निर्णय गर्यो

काठमाडौं २८ जेठ : सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने भएको छ ।

सिन्धुपाल्चोकको बुद्धोदय माविमा कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन हुने

धुलिखेल, २७ जेठः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ मा रहेको बुद्धोदय माध्यामिक

धुलिखेल नगरपालिकाले थाल्यो विद्यार्थीको वर्गीकरण गर्न

धुलिखेल, २३ जेठः धुलिखेल नगरपालिकाले विद्यार्थीको पहिचान तथा वर्गीकरण सुरु गरेको छ । वैकल्पिक प्रणालीबाट

एसईई परीक्षा स्थगित, काभ्रेबाट कति सामेल हुदैँ थिए ?

धुलिखेल, ५ फागनु : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९

error: Content is protected !!