JavaScript must be enabled in order for you to see "WP Copy Data Protect" effect. However, it seems JavaScript is either disabled or not supported by your browser. To see full result of "WP Copy Data Protector", enable JavaScript by changing your browser options, then try again.
Logo

चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिक मारिए



काठमाडौं, ३ असार: भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको बीबीसीले जनाएको छ ।

भारतीय सेनाले मंगलबार राति अबेर यो जानकारी दिएको हो । भारतीय सेनाले भनेको छ, ‘भारत र चीनका सेना गलवान क्षेत्रबाट पछि हटेका छन् । १५ र १६ जुनको राति यहीँ दुवै देशका सैनिकबीच झडप भएको थियो । झडपमा १७ भारतीय सैनिक गम्भीर रुपमा घाइते भएका थिए । शून्य डिग्रीभन्दा पनि कम तापक्रम र धेरै उचाइ भएको इलाकामा गम्भीर घाइते भएका १७ सैनिकको मृत्यु भयो । यहाँ कूल २० भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेना देशको अखण्डता र संप्रभुताको रक्षाका लागि प्रतिबद्ध छ ।’ भारतीय सेनाले दुवै देशका वरिष्ठ सैनिक अधिकारी तनाव कम गर्ने विषयमा वार्ता गर्न लागेको पनि उल्लेख गरेको छ ।

यसअघि भारतीय सेनाले एक सैनिक अधिकारी र दुई जवानको मात्र मृत्यु भएको जानकारी दिएको थियो ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पश्चिम कामाण्डका प्रवक्ता चाङ्ग शुईलीले विज्ञप्ति जारी गर्दै भारतलाई आफ्ना सैनिकलाई रोक्न र विवाद समाधानका लागि वार्ताको बाटो अपनाउन भनेका छन् ।

चाङ्गले भनेका छन्, ‘भारतीय सैनिकले आफ्नो वाचा उल्लंघन गरेको छ र एकपटक फेरि नियन्त्रण रेखा पार गरेको छ । जानीबुझी चिनियाँ सेनालाई उक्साएर आक्रमण गरेको छ । जसका कारण दुवै पक्षबीच झडप भयो र यही नै हताहतीको कारण बन्यो । म माग गर्दछु भारतले आफ्ना सैनिकलाई कडाइका साथ रोकोस् र वार्तामार्फत् विवादलाई सुल्झाइयोस् ।’

सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो । तर सोमबार राति गोली हानाहान भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पूर्वी लद्दाखमा भारत र चीनको सीमा अर्थात् लाइन अफ एक्चुअल कन्ट्रोलमा सोमबार दुवै देशबीच हिंसात्मक झडप भएपछि रक्षामन्त्री राजनाथ सिंहले मंगलबार आर्मी प्रमुखसहित समीक्षा बैठक आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख ३२ हजार परीक्षार्थी सहभागी

काठमाडौं, ९ मंसिर :  कक्षा १२ को परीक्षा आज (मंगलबार) देखि शुरु हुँदैछ । परीक्षामा

परीक्षा स्थगित हुने हल्लामा नलाग्न आग्रह : कक्षा १२ को परीक्षाको तयारी पूरा

काठमाण्डौ ७ मंसिर  :  कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय

डाँडापारीको खानीखोलाका सामुदायिक विद्यालयहरुमा कम्प्युटर ल्याब स्थापना

डाँडापारी २७ कार्तिक :  काभ्रेको विकट डाँडाँपारी क्षेत्रमापर्ने खानिखोला गाँउपालिकाको ६ ओटा विद्यालयमा कम्प्युटर ल्याब

धुलिखेल नगरपालिकाद्वारा निबृत्त हुन लागेका शिक्षकलाई सम्मान सहित बिदाई

धुलिखेल, २६ कात्तिकः धुलिखेल नगरपालिकाले सुबिधा सहित सेवा निबृत्त हुन लागेका शिक्षकलाई सम्मान सहित बिदाई

धुलिखेल २ रविओपीमा २२ कोठे विद्यालय भवनको शिलान्यास

धुलिखेल, २३ कात्तिकः भुकम्पमा क्षति पुगेको धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीमा रहेको सेतीदेवी माविको

काभ्रेको महाभारत गाउँपालिकाको शिक्षामा मनलाग्दी, काम नगर्नेलाई पुरस्कार, काम गर्नेलाई सरुवा

धुलिखेल, २१ कातिकः काभ्रेको अति दुर्गम क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाले शिक्षा क्षेत्रमा मनलाग्दी गर्न थालेको