२०८१, ७ बैशाख शुक्रबार

काभ्रेमा बोटमै सुक्यो फूल, करोडौँकाे नाेक्सान

काभ्रेमा बोटमै सुक्यो फूल, करोडौँकाे नाेक्सान

फूल सुकेको देख्दा रुन मन लाग्छ


धुलिखेल, २६ जेठः काभ्रेमा नयाँ ब्यवसायको रुपमा बिस्तारै फट्को मार्न थालेको पुष्प ब्यवसाय थला परेको छ । भ्रमण वर्षलाई लक्षित गरेर जमिनको क्षेत्रफल बढाएर फूल खेती गरेका किसानहरु अन्य ब्यवसाय भन्दा बढी मारमा परेका छन् ।

काभ्रेमा यसअघि बाढीको धक्काबाट विस्तारै लयमा फर्किएका फूल खेती गर्ने किसानहरु कोरोना भाइरस नफैलियोस भन्नका लागि जारी लकडाउनका कारण थला परेका हुन् । लकडाउन भएको दिन देखि फूल बिक्रि नहुन छाडेको फ्लोरिकल्चर एशोसियसन नेपाल काभ्रे शाखाको अध्यक्ष विरेन्द्र श्रेष्ठले बताए । काभ्रेका फूल खेती गर्ने किसानलाई लकडाउनको यो अवधिमा ४÷५ करोडको आर्थिक क्षति ब्यहोरेको एशोसियसनले जनाएको छ ।

फूल फुल्ने सिजनमै लकडाउन भएपछि किसानहरु चिन्तित छन् । टनेलभित्र फूल फुलेका छन् । तर लगेर बेच्ने ठाउँ छैन् । लगनको बेला स्वाभाविक रुपमा फूल बढी खपत हुने गर्छ । तर यो वर्ष फूल बिक्री हुनै नसकेको अध्यक्ष श्रेष्ठले बताए । ‘हाम्रो मुख्य सिजन भनेकै यहि हो, भ्रमण वर्षलाई लक्षित गरेर म लगायत धेरै साथीहरुले फूल खेतीलाई बढाइरहनुभएको थियो, उनले भने ‘बरु तरकारी त केहि कम मुल्यमा भएपनि फाट्ट, फुट्ट बिक्री भइरहेको छ, तर फूल त एक थुंगा पनि बिक्री भएको छैन ।’

गएको बैशाखमा १५ लाखको फूल बेचेका श्रेष्ठको फार्ममा यो वर्ष बोटमै फूल सुकेका छन् । २० रोपनीमा खेती गरेका श्रेष्ठ भन्छन् ‘भ्रमण वर्षलाई समेत लक्षित गरेर लगानी बढाइयो, तर बारीमा गइयो फूल सुकेको देख्दा रुन मन लाग्छ ।’ श्रेष्ठ जस्तै काभ्रेमा ब्यवसायीक रुपमा फूल खेती गर्ने किसानको संख्या एक दर्जन किसान छन् । नर्सरी र पुष्प पसल सहित गर्दा २५ जनाको संख्यामा पुष्प ब्यवसायमा आबद्ध किसान छन् । जनागालका रबि खड्काले पनि फूल बिक्री नहुदाँ निकै समस्या परेको बताए ।

कार्नेसन, जलभेरा, गुलाब, स्ट्रेटिस (लिमुनियम), जिप्सोफिल्ला, ग्राडुलस जातको फूल ब्यवसायीक रुपमा उत्पादन हुदैँ आएको छ । त्यस्तै मौसमी फूलका रुपमा मेरिगोल्ड र गोदावरी समेत उत्पादन हुने गरेको फ्लोरिकल्चर एशोसियसन नेपाल काभ्रेका उपाध्यक्ष भेष बहादुर दनुवारले बताए । तर यो वर्ष कुनै पनि फूल बिक्री नभएको किसानहरुले बताएका छन् । यसअघिको बाढीले काभ्रेमा साढे ३ करोडको आर्थिक क्षति पुर्याएको थियो ।

प्रकाशित मिति : २०७७, २६ जेष्ठ सोमबार  ५ : ४२ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता