२०८०, १६ चैत्र शुक्रबार

सिन्धुपाल्चोकमा प्रहरीकै अगाडी प्रधानाध्यापकलाइ उठबस

सिन्धुपाल्चोकमा प्रहरीकै अगाडी प्रधानाध्यापकलाइ उठबस

प्रधानाध्यापक श्रेष्ठलाई ५ पटकसम्म उठबस


धुलिखेल, २२ जेठः सिन्धुपाल्चोक जिल्लाको लिसंखु-पाखर गाउँपालिका वडा नम्बर २ लिसंखुमा प्रहरीकै अगाडी विद्यालयका प्राधानध्यापकलाई उठबस गराइएको छ । निर्माधिन बुद्धोदय माध्यामिक विद्यालयमा कामदार लिएर गएको विषयलाई लिएर स्थानीय युवाहरुले सोहि विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर श्रेष्ठलाई प्रहरीकै अगाडी उठबस गराएका हुन् ।

हुलहुज्जत सहित मंगलबार साझँ वडा कार्यालय घेराउ गर्न युवा पुगेका थिए । वडाध्यक्ष नभएपछि भाेली पल्छ बिहान फेरी साेहि समूहले नेकपाका जिल्ला सदस्य र वडा इन्चार्ज सहितका जिम्मेवार पदाधिकारीकै उपस्थितिमा प्रधानाध्यापक श्रेष्ठलाई ५ पटकसम्म उठबस गर्न लगाइएको हो । प्रहरी चौकी पनि सोहि वडामै छ । तर प्रहरी मुकदर्शक बनेर हिरिरहे । प्रधानाध्यपकले पाँचपटक उठबस गरे । स्थिति भयबह बनेपछि प्रहरी चौकी मुडे र ठूलो पाखरबाट असइहरु पुगे । उनीहरुले पनि भिडलाई नियन्त्रण गर्न सकेनन् ।

हुलहुज्जत सहित वडामा पुगेका झण्डै २ सय ५० जनाकाे समूह प्रधानाध्यापक श्रेष्ठलाई राजिनामा समेत गराए । उपप्रमुख हेम गंगा मोक्तान र वडाध्यक्ष हस्त बहादुर मोक्तान पनिसँगै थिए । सकेसम्मको सम्झाए । उत्शृंखल भिडले उपप्रमुख, वडाध्यक्ष र प्रधानाध्यपकको कुरा नै सुनेन । उल्ठै उनीहरु माथि खनिए । अपशब्द बोले । भिड थप उत्तेजित भन्दै गएपछि सशस्त्र प्रहरीको थप सहयोग मागियो । सशस्त्र प्रहरी पुगुञ्जेल घटना लगभग अन्तिम अवस्थामा पुगिसकेको थियो । तर मुडे, ठूलोपाखर र लिसंखु चौकीले भने घटना मिलापत्रमा टुंगिएकाे जिल्लामा आफ्ना हाकिमलाइ रिपोटिङ गरे ।

नेकपाका जिल्ला सदस्य र वडा इन्चार्जले भिडलाई सम्झाउने कोशिस गरेका थिए । तर उनीहरु माथि पनि भिड जाइलागेको वडाध्यक्ष मोक्तानले बताए । ज्यानको सुरक्षा नभएको भन्दै वडाध्यक्षले आजदेखि काम गर्न छोडेका छन् । ‘काम गर्न सक्ने कुनै अवस्था छैन्, वडाध्यक्ष मोक्तानले भने ‘यसै गरी हुलहुज्जले सबै निर्णय गर्ने भए निर्वाचित जनप्रतिनिधि किन चाँहियो ?’ प्रधानाध्यापकले माफी मागेपछि उत्शृंखल युवाहरुले ठूलै युद्ध जितेर जसरी नारा जुसुल लगाए ।

एडिपीको सहयोगमा भुकम्पले भत्काएकाे निर्माणधिन बुद्धोदय माध्यामिक विद्यालय भवनमा पिटी ठेकेदार विवेक तामाङले काठमाण्डौबाट ६ जना मजदुर प्रधानाध्यापक श्रेष्ठलाई जिम्मा लगाएर पठाएका थिए । गाउँ गएका मजदुर यसअघि पनि सोहि विद्यालय भवनमा काम गर्ने मजदुर हुन् । लकडाउन लम्बिएपछि निर्माण सामग्री सकिएकाले मजदुरहरुले गाउँ छाडेका थिए । ‘त्यो बेला नै हामीले मजदुरहरुलाई गाउँ नछोड्नु भनेका थियौँ, वडाध्यक्ष मोक्तानले भने ‘तर उहाँहरु आत्तिनु भएर हो कि छाडेर जानुभयो, नयाँ मान्छे ल्याएको होइन पहिले नै काम गर्ने मजदुर हुन् ।’

प्रकाशित मिति : २०७७, २२ जेष्ठ बिहीबार  १२ : ४८ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय