२०८०, १५ चैत्र बिहीबार

क्षेत्रीय होटल संघ काभ्रेले बुझायो सरकारलाई ज्ञापन पत्र

क्षेत्रीय होटल संघ काभ्रेले बुझायो सरकारलाई ज्ञापन पत्र


काभ्रे, १४ जेठ : क्षेत्रीय होटल संघ काभ्रेले नेपाल सरकारसमक्ष ज्ञापन पत्र बुझाएको छ । कोभिड १९ महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा गरेको र यस क्षेत्रमा ४ अर्ब बैंकको ऋण मात्र लगानी भएकोले बैंकको ब्याज पनि तिर्न नसक्ने गरी धराशायी अवस्थामा आएका भन्दै संघले मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत् पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग तथा वाणिज्य मन्त्रालयमार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ ।

कोभिड–१९ का कारण जिल्लामा सञ्चालित होटल व्यवसायहरु धराशयी बन्दै गएको भन्दै ७ बुँदासहितको ज्ञापन पत्रमा लकडाउन अवधिभरको बैंकको ब्याजमा मिनाह र साँवाको भाका कम्तीमा पनि २ वर्षको थप गर्न वा मिनाहाकालागि आग्रह गरिएको छ ।

साथै, सबै होटल व्यवसायीहरुलाई राष्ट्र बैंकबाट सहुलियत सुबिधा पाउने पुर्नकर्जाको व्यवस्था गर्ने लगायत कर छुट, घरभाडा छुट र विद्युत महसुल छुटलगायत माग प्रस्तुत गरिएका छन् । त्यसैगरी आसन्न नीति तथा कार्यक्रमभित्र व्यवसायीहरुका समस्याहरुलाई सम्बोधन गर्नको लागि प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीसमक्ष माग गरिएको छ ।

संघले यो विपद्को घडिमा होटल व्यवसायीहरुको समस्याहरु मनन गर्दै के गर्दा सहज स्थिति सिर्जना गर्न सकिन्छ, सोही बमोजिम समर्पित हुने आशय क्षेत्रीय होटल संघ काभ्रेका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

सो ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना र धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले आफूले सम्बन्धित निकायसम्म व्यवसायीहरुका समस्या पु¥याउने र सम्बोधन गर्न सकिने समस्याहरुलाई जिल्ला र नगरबाटै समाधान गरिनेसमेत बताउनुभएको थियो ।

उक्त ज्ञापन पत्र बुझाउने क्रममा क्षेत्रीय होटल संघ काभ्रेसँग आबद्ध पर्यटन व्यवसायी, उद्यमीलगायत कार्यसमितिको उपस्थित रहेको संघकी सचिव ज्योत्सना सैजूले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, १४ जेष्ठ बुधबार  ८ : १७ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय