२०८१, १० बैशाख सोमबार

काभ्रेमा प्रहरीद्धारा स्थानीयलाई ज्यानमार्ने धम्की

काभ्रेमा प्रहरीद्धारा स्थानीयलाई ज्यानमार्ने धम्की


धुलिखेल, १० जेठः काभ्रेमा प्रहरीले स्थानीयलाई ज्यानमार्ने धम्की दिएको छ । प्रहरी चौकी कटुञ्जेबेशीमा कार्यरत असई महेश्वर दाहालले रोशी गाउँपालिका वडा नं ५ सिपाली नागबेलीका नारायण हुमागाई, प्रदिप हुमागाई र श्यामकृष्ण मैनालीलाई  हिजो राती ज्यानमार्ने धम्की दिएका हुन् ।

रोशी गाउँपालिका वडा नं ५ का शेरबहादुर तामाङको बुद्धचित्त मालाको विषयलाई लिएर नारायण हुमागाईलाई असई दाहालले गोली हानेर मरिदिने धम्की दिएको पीडितले बताएका छन् । असई दाहालले प्रदिप हुमागाई र मैनालीलाई ९८५७८३५०७२ नम्बरको मोबाईबाट अपशब्द बोल्दै मारिदिने धम्की दिएपछि स्थानीयहरु त्रसित भएको स्थानीय हरिकुमार मैनालीले बताए । मैनालीका अनुसार प्रहरीले धम्की दिएपछि नारायण हुमागाइले घरछाडेर हिडेका छन् ।

वडा नं ५ का वडा अध्यक्ष तिर्थ लामाले तेमाल गाउँपालिकाका दुधराज लामा, सिजन लामा र प्रभात लामासँग माला धनी शेरबहादुर तामाङबीच ९० लाख रुपैयाँमा बिक्री गर्ने सम्झौता गराएका थिए ।

अनुसंधनको क्रममा असई दाहालले स्थानीयलाई धम्की दिएको खुलेमा कारवही गरिने जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपि रविराज पौडयालले बताए ।

प्रकाशित मिति : २०७७, १० जेष्ठ शनिबार  ५ : ३८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने