२०८१, १३ बैशाख बिहीबार

३ हजार तारे होटेल ६ महिना बन्द गर्ने प्रस्ताव, ७ लाख मजदुर प्रत्यक्ष प्रभावित

३ हजार तारे होटेल ६ महिना बन्द गर्ने प्रस्ताव, ७ लाख मजदुर प्रत्यक्ष प्रभावित


काठमाडौं २२ बैशाख तारे होटेलहरूको साझा संस्था होटेल संघ नेपाल (हान)ले देशभरका ३ हजार होटेल ६ महिना बन्द गर्ने प्रस्ताव गरेको छ । हानले आफ्ना सदस्य रहेका ३ हजार पर्यटकस्तरका होटेलहरू वैशाख १ गतेदेखि ६ महिनासम्म बन्द गर्ने प्रस्ताव सरकारलाई पठाउने निर्णय गरेको हो । ‘६ महिना होटेल बन्द गर्ने प्रस्ताव सरकारलाई दिने निर्णय गरेका छौँ, अन्य निर्णय सरकार–मजदुर संगठनसँगको छलफलपछि हुनेछ,’ हानका प्रथम उपाध्यक्ष विनायक शाहले भने ।

कोभिड–१९ को असरले एक वर्ष पर्यटक नआउने निष्कर्ष निकाल्दै हानले बन्द गर्ने निर्णय गरेको हो । यसले ७ लाखभन्दा बढी मजदुर प्रभावित हुनेछन् । उनीहरूलाई ६ महिनासम्म १२।५ प्रतिशत तलब मात्रै दिने प्रस्तावसमेत हानको छ ।

सरकारले तोकेको १३ हजार ७ सय ५० रुपैयाँको १२.५ प्रतिशत तलब दिने प्रस्ताव हानले गरेको शाहले जानकारी दिए । मजदुरले सेवाशुल्कबापतको १० प्रतिशत रकम भने पाउनेछन् । ‘बाँकी सरकारले सहयोग गर्नुपर्छ भन्ने हो, आम्दानी नभएपछि जीवन धान्नका लागि मात्रै मजदुरलाई पैसा दिने निर्णय गरेका हौँ,’ उपाध्यक्ष शाहले भने ।

श्रमिक युनियनसँग १२।५ प्रतिशतका दरले पारिश्रमिक लिन सहमत नभएको अवस्थामा सबै सदस्य होटेलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीका लागि प्रक्रिया चलाई सूचना दिई आंशिक वा पूर्ण रूपमा बिदा दिनेसमेत हानले निर्णय गरेको छ । ‘निर्णय गरेको प्रस्ताव सोमबार सरकारसमक्ष बुझाएर छलफल हुनेछ, त्यसपछि मात्रै निर्णयहरू कार्यान्वयनमा जानेछन्,’ शाहले भने ।

केही दिनअघि सरकारले अहिले ५० प्रतिशत र लकडाउन खुलेपछि ५० प्रतिशत तलब दिनुपर्ने निर्णय गरेपछि उनीहरूले होटेल बन्द गर्ने निर्णयमा पुगेको बुझिएको छ । अन्य उद्योगहरू लकडाउनपछि खुले पनि होटेललाई त्यसरी मान्न नसकिने निष्कर्षसमेत हानले निकालेको छ । नयाँपत्रिकाबाट  

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  ९ : २५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने