२०८१, ७ बैशाख शुक्रबार

प्रधानमन्त्रीलाई गाली गर्ने पूर्वसचिव उपाध्याय खानेपानी मन्त्रालयका विज्ञ सल्लाहकार

प्रधानमन्त्रीलाई गाली गर्ने पूर्वसचिव उपाध्याय खानेपानी मन्त्रालयका विज्ञ सल्लाहकार


काठमाडौं,  १३ बैशाखः सामाजिक संजालमा ब्यक्तिगत लान्छना लगाएपछि पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवबाट २०७४ भदौ १२ मा अवकाश पाएका उपाध्याय निजामती प्रशासनका ढोंगी (हिप्पोक्र्याट) हुन् । अर्थात् पदमा हुँदा उनी भ्रष्टाचार गर्न के कस्तो हर्कतमा उत्रिएका थिए भन्ने कुरा सामाजिक संजाल प्रयोगकर्ताहरुले थाहा नपाएको पनि हुनसक्छ । तर उनी सामाजिक संजालमा जसरी अरुलाई आरोप लाउँछन्, उनी पदमा हुँदा कतिसम्म भ्रष्टाचारमा तल्लीन थिए भन्ने केही उदाहरण यहाँ हामीलाई प्राप्त भएका छन् ।

सरकारले खटाएको ठाउँमा नगई काठमाडौंमा बसी मातहतका कर्मचारीलाई कीर्ते हाजिर गर्न लाउँथे भन्ने कुरा उनीसँग काम गरेका स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग(डोलिडार)देखि नेपाल ट्रष्ट हुँदै खानेपानी मन्त्रालयको सचिवसम्म उनीसँग काम गरेका कर्मचारीलाई थाहा छ । एक पूर्व सचिवका नाताले उनी निवृत्तिभरण(पेन्सन) लिन्छन. । तर जुन देशले पेन्सन दिन्छ त्यही देशको सरकारका बिरुद्ध अनर्गल र ब्यक्तिगत लान्छनायुक्त शब्दहरु सामाजिक संजालमा लेख्ने गर्दछन् ।

तत्कालीन स्थानीय विकास मन्त्रालयका सचिव गंगादत्त अवस्थीसँग उपाध्यायले सामाजिक संजालमा जुन खालका भाषा शैली प्रयोग गरिरहेका छन्, त्यो पूर्व सचिवका रुपमा ठीक हो त भन्ने जिज्ञासा राखेकोमा उनले भने–‘अवकाशपछि कर्मचारी नागरिक सरह नै हो । उनले पनि आफ्ना विचार सामाजिक संजालमा राख्न पाउँछन् । तर त्यसरी लेख्दा ब्यक्तिगत लान्छना लगाउन भने उपयुक्त होइन । कतिसम्म मर्यादामा बस्ने भन्ने कुरा सम्बन्धित ब्यक्तिमा निर्भर हुने कुरा हो ।’ उपाध्यायसँग काम गर्दा भएका विभिन्न काण्डहरुका बारेमा भने उनले खोतल्न चाहेनन् । उनमा इन्जीनीयर मात्र जान्ने हुन् प्रशासनका कर्मचारी होइनन् भन्ने खालको सोच रहेको अवस्थी बताउँछन्, म स्थानीय विकास मन्त्रालयमा हुँदा टीममा मिलेर काम गर्ने खालका उनी थिएनन् । धनबहादुर तामाङ, भूपेन्द्रबहादुर बस्नेतहरु जस्तो उनी मिलेर काम गर्ने खालका थिएनन् ।

खानेपानी मन्त्रालयबाट विज्ञको तलब खाँदै प्रधानमन्त्रीलाई गाली

भीम उपाध्याय सरकारका बिरुद्ध सामाजिक संजालमा मनपरी लेख्ने गर्दछन् । तर पूर्वमाओवादी पृष्ठभूमिका मन्त्रीका बिरुद्ध उनी केही लेख्दैनन् । उनले फगत प्रधानमन्त्री केपी ओली र एमाले पृष्ठभूमिका मन्त्रीलाई बढी गालीगलौज गर्दैआएका छन् । उनलाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी खानेपानी तथा सरसफाई मन्त्री विना मगरले विज्ञ नियुक्त गरेकी छन् । उपाध्याय ८ महिनाअघि मात्र विज्ञ सल्लाहकार नियुक्त भएका हुन् । २०७६ भदौ ५ मा मन्त्रीस्तरीय निर्णय गरी विज्ञ सल्लाकार नियुक्त गरिएको थियो । पत्र भने २०७६ भदौ ८ मा दिइएको थियो । मेलम्ची खानेपानी आयोजनाको बाँकी कार्य सम्पादन गर्न उनीसहित पूर्व सचिव हरिराम कोइराला, बीरेन्द्रबहादुर देउजा, सुमन शर्मा र दीपेन्द्रनाथ शर्मालाई विज्ञ नियुक्त गरिएको थियो । तर उपाध्यायसहितको विज्ञ समूह नियुक्त गरे पनि मेलम्चीको पानी २०७४ मा काठमाडौंका घर घरमा धारामा आउँछ भने पनि २०७७ लागिसक्दा पनि अत्तोपत्तो छैन ।

डोलिडारका आकर्षक आयोजनादेखि सचिवसम्म

उपाध्याय डोलिडारमा इन्जीनीयरमा प्रवेश गरी महानिर्देशसम्म भए । उनी सामाजिक संजालमा भ्रष्टाचारको विरोध गर्ने तर कमिसन पाएसम्म जति पनि खाने, एक्लै खाने भनेर डोलिडारमै कहलिएका थिए । उनी आरआरआर जस्तो अरबौंको प्रोजेक्टको प्रमुख भएका थिए । जुन बेला उनी दातृनिकायका जे जस्ता सर्त पनि मानेर विदेश भ्रमण भनेपछि हुरुक्कै हुने गर्दथे । खानेपानी मन्त्रालयको सचिव हुँदा एक आयोजनाबाट निम्तो माग्न लगाएर पत्नी ललितासहित उनी अष्ट्रेलिया सयर गरेको बिषयमा राष्ट्रिय मिडियामै चर्चाको बिषय बनेको थियो ।

सुशील कोइराला सरकारका स्थानीय विकास मन्त्री प्रकाशमानले उनलाई २०७१ बैशाखमा डोलिडारको महानिर्देशकबाट शान्ति मन्त्रालयमा सरुवा गर्दा प्रकाशमानका बिरुद्ध सामाजिक संजालमा अशिष्ट र अमर्यादित गालीगलौज गरी मिडियाबाजी गरेका थिए । उनको फेसबुके गालीगलौजको शिकार प्रकाशमान पनि भइसकेका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध बिषबमन गर्ने भीम उपाध्यायका अराजकताका कथा धेरै छन् ।

आफ्नै हाजिर कीर्ते गर्न लाउँदा…
उपाध्याय २०६० मा कास्कीको जिल्ला प्राविधिक कार्यालयको प्रमुखका सरुवा भएका थिए । उनी कास्कीमा सरुवा गरे पनि कहिल्यै गएनन् । उनले देखाएको दोहोरो चरित्रबारे तत्कालीन स्थानीय विकास मन्त्रालयका सचिव खेमराज नेपालदेखि लोकसेवा आयोगका हालका अध्यक्ष उमेश मैनालीसमेत जानकार छन् । विगतमा विभागले खटाएको ठाउँमा नजाने, ६ महिनासम्म रमाना नबुझ्ने, बुझबुझारथ नगरी महिनौं सम्पर्कविहीन हुने र कार्यालयको गाडीसमेत नबुझाएर निजामती सेवा ऐन अनुसार बर्खास्तै हुने क्रियाकलाप गरेका थिए ।

२०६० मा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली पश्चिमान्चलको क्षेत्रीय प्रशासक हुँदा सचिव उपाध्याय उपसचिव (सीडीई) थिए । उनलाई डोलिडारले कास्कीको जिल्ला प्राविधिक कार्यालयको प्रमुखमा सरुवा गरेको थियो । तर उनी सरुवा गरेको ठाउँमा गएनन् । अरु सबै खटाएको ठाउँमा रमाना बुझेर गए । तर उनले महिनौंसम्म पनि उनले रमाना बुझेनन् । ३० दिन पनि कार्यालयमा नबसेका उनले त्यही कार्यालयमा ३ बर्ष काम गरेको नम्बरका आधारमा सहसचिव बढुवा भए ।

कास्कीको प्राविधिक कार्यालयको प्रमुखमा सरुवा भए तर उनी ललितपुरस्थित बसी बसी हाजिर गर्दै तलव खाने गरेका थिए । उनी पोखरा नगए पनि रजिष्टरमा उनको दैनिक हाजिर गरिएको हुन्थ्यो । कास्की प्राविधिक कार्यालयका इन्जीनीयर राजेन्द्र केसीलाई उपाध्यायले आफ्नो हस्ताक्षर कीर्ते गरी हाजिर गर्न लगाएका थिए । तर तत्कालीन पश्चिमान्चल क्षेत्रीय प्रशासन कार्यालयले एक दिन जिल्ला प्राविधिक कार्यालयमा छड्के निरीक्षण गर्यो । निरीक्षणका क्रममा कार्यालय प्रमुख नभए पनि उनको हाजिर गरेको फेलापार्यो । त्यसपछि कीर्ते हाजिर गर्ने इन्जीनीयर केसीलाई स्पष्टीकरण सोधियो । उनलाई उपाध्यायको कीर्ते हाजिर गरेकोमा निलम्बन गर्ने तयारी गरिएको थियो । तर सोझा प्रकृतिका केसीले अनुनय बिनय गरे, उपाध्यायले नै आफूलाई हाजिर गर्न लगाएको भन्दै फेरि त्यस्तो गल्ती नगर्ने कबुलियतनामा गरेपछि उनलाई निलम्बन नगरी जोगाइयो । केसी अहिले पनि डोलिडारमा सीडीईका रुपमा कार्यरत छन् । उपाध्यायको कीर्ते हाजिर गर्ने र हरेक महिना तलव काठमाडौंमा ल्याएर बुझाउने काम समेत गरेका उनको उपाध्यायका कारण झन्डै जागिर गएको थियो ।

तत्कालीन डोलिडारका महानिर्देशक मुरारीलाल चौधरी इमान्दार प्रकृतिका थिए । उनको बिदाइ समारोहमा भीम उपाध्यायले उनलाई कालोमोसो दल्न खोज्दा केही डीईले रोकेका थिए । चौधरीलाई समेत कालोमोसो दल्न उद्यत भएका उनी कतिसम्म अराजक थिए भन्ने देखाउँछ ।

नियुक्ति खान मन्त्रालयका गाडी नेता र मन्त्रीका सेवामा

सामाजिक संजालमा नेतालाई गाली गर्ने खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवबाट २०७४ भदौ १२ गते अवकाश पाएका थिए । तर अवकाशपछि पनि उपाध्यायले महिनौंसम्म आफूले प्रयोग गर्दै आएको गाडी नबुझाएका कारण नयाँ आएका सचिव कृष्णराज बीसीले अर्कै सवारीको ब्यवस्था गरेका थिए । पुराना सचिवले गाडी नबुझाएपछि नयाँ सचिवलाई अन्यत्रबाट गाडी मगाउने बाध्यता मन्त्रालयका सहसचिवहरुलाई परेको थियो । अवकाश भएर जाने सचिव उपाध्यायले आफ्नो पहुँच माओवादीका अध्यक्ष प्रचण्डसँग सोझै भएको देखाउँदै मातहतका कर्मचारीलाई थर्काएर राखेका कारण उनीसँग गाडी बुझाउनुस् भन्न समेत मन्त्रालयका कर्मचारीले थिएनन् । उनले सिधै प्रचण्डसँग पहुँच रहेको रवाफ देखाएर गाडी बुझाएका थिएनन् ।

सचिव उपाध्यायले अवकाशपछि नियुक्ति खानका लागि खानेपानी मन्त्रालय अन्तर्गतका खानेपानी तथा ढल निकास विभाग, आयोजना कार्यान्वयन इकाई, मेलम्ची खानेपानी आयोजना लगायत कार्यालयका गाडीहरु तान्दै शक्तिकेन्द्रहरुलाई चढाउने गरेका थिए । मेलम्ची खानेपानीको विभिन्न आयोजनाका गाडी मन्त्री तत्कालीन खानेपानी मन्त्री महेन्द्र यादवदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहालका आफन्तसम्मलाई गाडी दिएका थिए । स्थानीय तहको चुनावमा कार्यकर्ताका लागि चाहिन्छ हजुरलाई भन्दै प्रचण्डका आसेपासे र आफन्तलाई समेत मेलम्चीको गाडी मागेर दिएका थिए । उनले वागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा नियुक्ति हुनका लागि तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई समेत सहरी विकास मन्त्रालय अन्तर्गतको प्राडो दिएका थिए । प्रचण्डलाई प्रभावमा पारेर उनी बागमतीमा नियुक्ति हुने कसरतमा थिए ।

फेसबुक र ट्वीटरमा नेतालाई गालीगलौज गर्ने पूर्वसचिव उपाध्याय सहरी विकास मन्त्रालय अन्तर्गतको एकीकृत बागमतीमा नियुक्तिका लागि तत्कालीन सहरी विकास मन्त्री प्रभु साहलाई समेत रिझाउन स्थानीय निर्वाचताका रौतहटसमेत पुगेका थिए । तर प्रभु साहले बागमतीमा अध्यक्ष नियुक्त गर्न नमान्दा उनको नियुक्तिमा ब्रेक लागेको थियो ।

खानेपानी मन्त्रालयमा असफल

फेसबुक र ट्वीटरमा आदर्शका गफ छाँटेर नथाक्ने सचिव उपाध्यायले खानेपानी मन्त्रालयमा हुँदा कतिसम्म कर्मचारीलाई सताएर र कमिसन मागेर हैरानी दिएका थिए भन्ने कुरा उनको बिदाइमा कोही पनि उपस्थित नभएपछि प्रष्ट भएको थियो । उक्त विदाई कार्यक्रममा काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडका कुनै पनि कर्मचारी उपस्थित थिएनन् ।

उनी मन्त्रालयमा सचिव बनेर रहुन्जेल एकपटक पनि केयुकेएल सञ्चालक समितिको बैठक बस्न सकेन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का पदाधिकारीहरुले उपाध्यायको अध्यक्षतालाई अस्वीकार गरेपछि दुई वर्षको अवधिमा एउटा पनि बैठक बस्न नसकेको हो । आफ्नो कार्यकालमा पाँचवटा मन्त्री झेलेका उपाध्याय एउटै बोर्ड बैठक बसाल्न नसकी अवकाश भएका थिए ।

बाहिर सरिफ देखिए पनि भीमले केयुकेएलका पदाधिकारीहरुसँग कमिसन मागेको र मागेको कमिसन नपाएको तथा आफूले भनेको कर्मचारी भर्ना गर्न केयुकेएलका महाप्रबन्धकले नमानेका कारण दुईबीच टकरावको स्थिति पैदा भएको थियो । त्यही बिदाई समारोहसमेत केयुकेएलका कर्मचारीहरुले बहिष्कार गरेका थिए ।

आर्दशका कुरा छाँट्ने उनै उपाध्यायको लाचारीका कारण काठमाडौं उपत्यकाबासीले अहिलेसम्म पनि मेलम्चीको पानी खान नपाएको कर्मचारी बताउँछन् । तिनै लाचारी र नौटंकी सचिव उपाध्यायले बिदाइमा रोएर नाटक देखाएका थिए । जुन निकायमा कार्यरत रहँदा पनि कार्यक्षमता देखाउन नसकेका तिनै उपाध्याय अहिले फेसबुकमा सरकारमाथि बिषबमन गर्दैआएका छन् । उनका फेसबुक स्टाटसमा प्रयुक्त भाषाले पनि उनी सचिव कसरी भए भन्ने प्रश्न बौद्धिक बर्गमा उत्पन्न हुने गरेको छ ।

साभारः nepalface.com

प्रकाशित मिति : २०७७, १३ बैशाख शनिबार  १ : ०३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता