Logo

पाँचखाल नगरपालिका-९ का वडाध्य श्रेष्ठ ‘जसले गराए वडाका सबै नागरिकको ज्वरो जाँच’



धुलिखेल, ९ बैशाखः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष किरण श्रेष्ठले आफ्ना वडाका सबै नागरिकको ज्वरो जाँच गराएर एक गतिलो उदाहरण दिएका छन् । वडाकै स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीलाई लिएर वडाध्यक्ष श्रेष्ठ आफै बडाबासीको घर–घर पुगेका हुन् । स्वास्थ्य कर्मीलाई घर–घर लिएर जानुअघि वडाध्यक्ष श्रेष्ठले महिला स्वास्थ्य स्वयमेविका मार्फत जनसंख्या सकंलन गरेका थिए ।

शनिबारबाट उनी स्वास्थ्य कर्मी लिएर गाउँ पसेका हुन् । वडाको ८ सय ८२ घरधुरीमै पुगेर आफ्नै उपस्थितिमा स्वास्थ्यकर्मीले ज्वरो जाँच गरेको वडाध्यक्ष श्रेष्ठले बताए । अहिले सामान्य ज्वरो आएका बिरामीलाई समेत अस्पतालहरुले उपचार गर्न नमानिरहेका बेला वडाध्यक्ष श्रेष्ठ वडाका स्वास्थ्यकर्मीलाई साथैमा लिएर थर्मल गन सहित ज्वरो जाँच गर्न घर–घर पुगेका हुन् । वडाका १० जना महिला स्वास्थ्य स्वयमसेविका मार्फत संकलन गरिएको तथ्याङ्क अनुसार ५ हजार १ सय ३३ जना जनसंख्या रहेको छ ।

घर–घर पुगेका स्वास्थ्यकर्मीले सामान्य रुघाखोकी र ज्वरोको औषधि समेत वितरण गरेका थिए । ‘अहिले लकडाउनको अवस्था छ, कोरोना भाइरस संक्रमण हुने डरले अन्य रोगका बिरामीहरुलाई समस्या परेको हुनसक्छ भनेर म आफै स्वास्थ्य कर्मीलाई लिएर घर–घर पुगेको हुँ, वडाध्यक्ष श्रेष्ठले भने ‘प्रारम्भिक चरणमा ज्वरो जाँच गरिएको छ, रुघाखोकी र सामान्य ज्वरोको औषधि पनि वितरण गरिएको छ, दिर्घरोगीले खाने नियमित औषधिको विवरण पनि छिट्टै तयार पारेर घर–घरमा औषधि पुर्याउने योजना अघि बढाएको छु ।’

वडाध्यक्ष श्रेष्ठले वडाका सबै नागरिकलाई मास्क समेत विरतण गरेका छन् । केहि ब्यवसायीले दिएको आर्थिक सहयोग र नपुगमा आफैले रकम हालेर मास्क, साबुन र ग्लोब्स वितरण गरेका हुन् । ८ सय ८२ घुरधुरी वटाका सबै परिवारका सदस्यलाई पुग्न मास्क, दुईवटा हात धुने साबुन र दुई जोर ग्लोब्स उपलब्ध गराइएको वडाध्यक्ष श्रेष्ठले बताए ।

वडाध्यक्ष श्रेष्ठले कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने उपाय सहितको सन्देश पत्र समेत सबै वडाबासीको घरमा पुर्याएका छन् । पत्रमा दैनिक छाक टार्न समस्याका लागि खबर गर्ने नम्बर सहित लेखिएको छ । ‘यो महामारीको बेला घर–घर पुगेर स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका र वडा सदस्य ज्यूहरुले ठूलो भुमिका खेल्नु भएको छ, वडाध्यक्ष श्रेष्ठले भने ‘संकटका बेलामा हामीले हाम्रो नागरिकलाई आश्वस्त पार्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार