२०८१, ७ बैशाख शुक्रबार

पाँचखाल नगरपालिकाको निर्णयः ‘अनलाईन मार्फत पठनपाठन गराउने’

पाँचखाल नगरपालिकाको निर्णयः ‘अनलाईन मार्फत पठनपाठन गराउने’


धुलिखेल, ८ बैशाखः   काभ्रेको पाँचखाल नगरपालिकाले लकडाउनका समयावधि लम्बिन सक्ने भन्दै विद्यार्थीहरुलाई अनलाइन मार्फत पठनपाठनको ब्यवस्था गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । साेमबार पाँचखाल नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापक र प्रतिनिधिसँग छलफल गरेर अनलाइन पठनपाठनको ब्यवस्था मिलाउने निर्णय भएको मेयर महेश खरेलले जानकारी दिए ।

बैठकले पाँचखाल नगर भित्र रहेका विद्यालयहरुले शैक्षिक सत्र २०७६ मा कक्षा १ देखि ९ सम्म लिइएको परीक्षाको नतिजा यहि बैशाख १५ गते सम्म प्रकाशन गरी विद्यालयहरुले आफ्ना विद्यार्थी वा अभिभावकहरुलाई कुनै भेला नगरीकन फोन, सामाजिक संजाल मार्फत जानकारी गराउने पनि निर्णय गरेको छ ।

बैठकले शिक्षक तथा विद्यार्थीहरुले बन्दाबन्दीको समयलाई पूर्ण रुपमा सदुपयोग गर्न सकियोस भन्ने हेतुले विद्यालयका प्रअहरुको आपसी समन्वयमा शैक्षिक सत्र २०७७÷७८ को कक्षागत पाठ्यक्रम बमोजिक विषयगत भिडियो तयार गर्ने, मिडास जुम जस्ता एप्सहरुबाट शैक्षिक सामाग्री डाउनलोड गरी विद्यार्थीको पँहुचमा पु¥याउने तथा अनलाईन मार्फत पठनपाठन गराउने निर्णय भएको छ ।

त्यस्तै ठुला कक्षाका विद्यार्थीले साना कक्षाका विद्यार्थीलाई किताव हस्तान्तरण गर्ने त्यसको समन्वय सम्बन्धित विद्यालयहरुले गर्ने निर्णय भएको छ । यसको समन्वयको लागि विशाल घिमिरेको संयोजकत्वमा ६ सदस्यीय समिति समेत निर्माण भएको मेयर खरेलले बताए ।

प्रकाशित मिति : २०७७, ८ बैशाख सोमबार  २ : ३८ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता