२०८१, ११ बैशाख मंगलबार

चीन र दक्षिण कोरियामा घट्यो नयाँ संक्रमितको संख्या

चीन र दक्षिण कोरियामा घट्यो नयाँ संक्रमितको संख्या


काठमाडौं, ७ वैशाखः चीन र दक्षिण कोरियामा आइतबार कोरोना भाइरस ९कोभिड–१९० का नयाँ संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । चीनको नेसनल हेल्थ कमिशनले आइतबार केवल १६ नयाँ संक्रमित देखिएको बताएको छ । यो संख्या मार्च १७ यताकै कम हो । १७ अप्रिलमा चीनमा २७ नयाँ संक्रमित देखिएका थिए ।

आइतबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसको कारण कसैको पनि मृत्यु भएको छैन । चीनमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ८२ हजार सात सय ३५ पुगेको छ । साथै यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार हजार ६ सय ३२ पुगेको छ ।

त्यस्तै दक्षिण कोरियामा पनि आइतबार संक्रमितको संख्या एक अंकले बढेको छ । दुई महिनामा पहिलोपटक दक्षिण कोरियामा नयाँ संक्रमितको संख्या एक अंकमा झरेको हो । पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा केवल आठजना नयाँ संक्रमित फेला परेका थिए । साथै, दुईजनाको यो भाइरसको कारण मृत्यु भएको थियो । यससँगै दक्षिण कोरियामा समग्र संक्रमितको संख्या १० हजार ६ सय ६१ पुगेको छ । यसबाट मृत्यु हुनेको संख्या पनि दुई सय ३४ पुगेको छ ।

दक्षिण कोरिया र चीन पछिल्लो समय कोरोना भाइरस नियन्त्रणमा सफल देखिएका मुलुक हुन् । चीनमा अहिले केवल एक हजारको संख्यामा कोभिड–१९ का बिरामी निको हुन बाँकी छन् भने दक्षिण कोरियामा यो संख्या दुई हजारको हाराहारीमा छ । यी दुवै मुलुकमा गम्भीर बिरामीको संख्या पनि एक सयभन्दा कम छ ।

स्रोतः बीबीसी

प्रकाशित मिति : २०७७, ७ बैशाख आईतबार  १ : ४९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने