२०८१, ४ बैशाख मंगलबार

पनौतीका मेयर न्यौपानेले गरे ३४ पैदल यात्रीको उद्धार

पनौतीका मेयर न्यौपानेले गरे ३४ पैदल यात्रीको उद्धार


धुलिखेल, ६ बैशाखः पनौती नगरपालिकाका मेयर भिम प्रसाद न्यौपानले ३४ जना पैदल यात्रीलाई सुरक्षित ढंगले उनीहरुको गन्तब्यमा पुर्याइदिएका छन् । सिन्धुलीको गोल्जोर गाउँपालिकाका उनीहरु काठमाण्डौबाट हिड्दै हिजो साँझ कुशादेवी आइपुगेका थिए ।

साँझ मेयर न्यौपानेकै समन्वयमा वडा नम्बर ३ डिहीका स्थानीयले उनीहरुलाइ खानपानको ब्यवस्था गरेका थिए । मेयर न्यौपानेले सिन्धुलीको गोल्जोर गाउँपालिकासँग समन्वय गरेर शनिबार बिहानै गाडी मार्फत उनीहरुलाई गन्तब्यमा पुर्याएका हुन् । ‘हिजो साझँ उच्च सतर्कताका साथ उहाँहरुलाई खाना खुवाएर राख्यौ, मेयर न्यौपानेले भने ‘बेलुका नै समन्वयको काम सकाएर विहान गन्तब्य तर्फ गाडी मार्फत पठाइएको हो ।’

उनीहरु ललितपुरको लाकुरी भञ्ज्याङ नाका हुदैँ कुशादेवी आइपुगेका थिए । महिला तथा बालबालिकाहरु हिड्दै आफ्नो गन्तब्य तय गरेको थिए । काभ्रे प्रशासनले विभिन्न नाका भएर जिल्ला प्रवेश गर्ने पैदल यात्रीलाई समेत निकै कडाइ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रदेश सरकार र स्थानीय तहले राजधानीबाट आ–आफ्नो घर फर्किएकालाई समन्वय गरेर उद्धार गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २०७७, ६ बैशाख शनिबार  ९ : १९ बजे

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता