२०८१, ११ बैशाख मंगलबार

‘गरिब मजदुर, विपन्न र अतिविपन्न परिवारका लागि फूड बैंक’ पनौतीका मेयर न्यौपाने

‘गरिब मजदुर, विपन्न र अतिविपन्न परिवारका लागि फूड बैंक’ पनौतीका मेयर न्यौपाने


काभ्रे जिल्लामा १३ वटा स्थानीय तह छन् । कोरोना भाइरससँग जुध्न जिल्लाको पनौती नगरपालिकाले फरक फरक काम गरिरहेको छ । नगरस्तरीय विपद् ब्यवस्थापन समितिको बैठक बसेर फूड बैंक सञ्चालन गरेको नगरपालिकाले हालसम्म राम्रो सहयोग पाइरहेको छ । नगरभित्रका विपन्न र अति विपन्न घर परिवारको तथ्याङ्क संकलन गरेको नगरपालिकाले राहत वितरणलाई तीब्रता दिइरहेको छ । कोरोनाभाइरससँग जुध्न पनौती नगरपालिकाले गरेको कामका बारे काजल तामाङ र मालती कुँवरले गरेको कुराकानी ।

कोरोना भाइरस (कोभिड –१९)बाट जनतालाइै बचाउन तपाईको नगरपालिकाले कस्तो अभियान संचालन गरिरहेको छ ?
हामीले कोरोना भाईरसबाट जनतालाई बचाउन दुईवटा अभियानलाई प्राथमिकतामा संचालन गरेका छौ । एउटा स्वास्थ्य उपचारको अभियान र अर्को फूड बैक निर्माण । जनताको स्वास्थ्यलाई मध्यनजर गरी हामीले पनौतीमा रहेका सबै स्वास्थ्यकर्मीहरुलाई उच्च सर्तकतामा राखेको छौं । त्यस्तै हामीले जिल्लामै पहिलो पटक निर्माण गरेको फूड बैकमा बृहत रुपमा राहात संकलन भैरहेको छ । यी दुई अभियानले हामीलाई धेरै नै हौसला मिलेको छ । आजको दिनसम्म फूड बैकका लागि दजनौ संघसंस्था र व्यक्तिहरुबाट सहयोग प्राप्त भैरहेको छ । म सबैलाई धन्यवाद पनि दिन चाहान्छु । यसैगरी हामीले पहिलो चरणको राहत वितरण गर्ने काम गरिसकेका छौँ । हामीले विषेश गरी अति विपन्न घर परिवारलाई समेटिएर पहिलो चरणमा हामीले १ सय ३० घर परिवारलाई राहत वितरण गरिसकेका छौँ । अव हामी दोस्रो चरणमा राहात वितरण गदैंछौं । नगरपालिकाले श्रमिक तथा अति विपन्न ६ सय ९७ घर परिवारको सुचि पनि बनाएका छौँ । यो सबै सुची वडा कार्यालयहरुले तयार पारेका हुन । यी मध्ये ६ सय घरधुरीलाई राहत उपलब्ध गराउदैछौँ । भरखरै मात्र हामीले वडा नं ६, ९, १० र ११ मा रहेका श्रमिक तथा अति विपन्न घरपरिवारलाई राहत वितरण ग¥यौँ । आजपनि हामी ४ वटा वडामा वितरण गदैँछौँ । यसरी नै हामी कोरोना बिरुद्धको अभियानमा निरन्तर लागिरहने छौँ ।

पनौती फूड बैंकमा अहिले सम्म कति जति राहात संकलन भयो नी ?
पनौती नगरपालिकाको संचालनमा ल्याएको फुट बैकमा १७ प्रकारका राहात सामाग्री जम्मा भएका छन् । यो जानकारी आम सर्वसाधारणले फेसबुक पेजमा गएर पनि हेर्न सकिन्छ । त्यहाँ हामीले हरेक दिनमा के कति जम्मा भयो जनाकारी दिने गरेका छौँ । यो फुड बैकको नेतृत्व गर्ने टोली नगरले छुटै बनाएको छ । उहाँहरुले आज मलाई जानकारी गराए अनुसार चामल १८ हजार किलो जम्मा भैसकेको छ । यो बाहेक अन्य राहत सामाग्री संकलन भइरहेको छ । नपुगेमा नगरले पनि सहयोग गर्नेछ ।

जिल्लाका अरु स्थानिय तहहरुलेभन्दा विलकुल फरक अभियान शुरु गर्नुभयो फूड बैक यो सञ्चालन गर्न कत्तिकोसहज भैरहेको छ ?
हामीले नयाँ सोचका साथ फुट बैंक संञ्चालनमा ल्याएका हौं । यो जिल्लाकै नमुना काम जस्तो लाग्छ । यो सञ्चालनमा आएपछि राहत वितरण र संकलनमा सहज चाही भएको छ । यो बैक संचालनका लागि नगरपालिकाले २५ जना कर्माचारीहरु नियमित रुपमा खटाएका छन् । यो बैकमा कार्यरत कर्मचारीहरुको नेतृत्व वरिष्ठ अधिकृत ईन्द्रमणी अधिकारी गर्नुभएको छ । उहाँहरुले नगरभित्र राहत पाउनुपर्ने व्यक्तिको पहिचान गरी सुचि बनाउने नामहरु सार्वजनिकीकरण गर्ने, हरेक घर–घरमा गएर राहत वितरण गर्र्ने लगायतका कामहरु गरिरहनु भएको छ । राहत वितरण गर्दा दुरी कायम गर्नुपर्ने पहिलो हुन्छ । यी सबै कामहरु गर्दा निकै झन्जटिला त होलन भनेर सबैले भन्छन् तर हामीलाई स्थानिय संघसंस्था तथा नगरपालिकाकै स्थानिय कर्मचारीहरुले सहयोग गरिरहनुभएको छ । कुनै समस्या छैन । हामीले हरेक दिनको विवराण ५ बजे हाम्रो नगरपालिकाको वेवसाइडमा हाल्ने गरेका छौँ । यसले गर्दा फूड बैंकबाट कहाँ कति सहयोग भयो र कति संकलन भयो भन्ने कुराको जानकारी पनि सबैले थाहा पाउनुहुन्छ । हामीले यसलाई निकै पारदर्शि बनाएका छौँ ।

नगरबासी कत्तिको खुशी हुनुहुन्छ ?
नगरबासी धेरै खुशी देखिन्छ । राहत पाउने गरिव तथा अतिविपन्न नागरिकहरु त धेरै नै खुसी हुनुहुन्छ । उहाँहरुले नगरपालिको कतै आलोचना गर्नुभएको छैन । हरेक वडाका ती घर परिवारले सहजरुपमा राहत पाएका छन् । यो लकडाउन जहिले सम्म हुन्छ, त्यो बेला सम्म नगरले संचालन गरेको फुड बैक मार्फत रहत धान्नुपर्ने हुन्छ । यो झन्जटिलो त छ नै तर यो संगै सहयोग गर्ने पनि धेरै हुनुभएकाले हामीलाई हौसला पनि मिलेको छ ।

जिल्लामा रहेका अन्य स्थानीय तहले पनि फुड बैक संचालन गर्न के गर्नु पर्ला ? सुझाव दिनुहोस् न ।
यो काम गर्न धेरै ढिला भैसक्यो । सबै स्थानीय तहले फुड बैक निर्माण गरे राम्रो हुन्छ । म त भन्छु जिल्लामै एउटा फुट बैकको आवश्यकता छ । अहिले धेरै स्थानीय तहाको यो निर्माणमा ध्यान गएको छैन । लकडाउन लम्बीरह्यो भने जिलामा खाद्यान्न अवाभ हुन सक्छ । त्यसैले सबै स्थानीय तहको फुड बैक निर्माण तिर ध्यान जान जरुरी छ ।  हामी जनताको जनप्रतिनिधि जनताप्रति जिम्मेवार हुनुपर्छ । अनि जवाफदेही पारदर्शी हुने हाम्रो कर्तव्य पनि हो । भविष्यमा हुन सक्ने खाद्य संकटलाई सबै मिलेर समाधानको बाटो तर्फ लागौं भन्न चाहान्छु ।

फूड बैंक जस्तै अरु कुनै नयाँ काम गर्ने सोच केही बनाउनु भएको छ की ?
गर्नु पर्ने काम धेरै छ । तर तत्काल भेला गराएर योजना बनाई हाल्ने समय छैन । लकडाउनको बेला पनि छ । भेला गर्नु पनि भएन । केही समय पछि नयाँ योजना लिएर जनताको घरदौलोमा पुग्ने सोच बनाएको छु । अहिलेलाई यो लकडाउको समयमा ७ सय ३० घर परिवारलाई खानाको राम्रो व्यवस्थ गर्न लागिरहेको छु । हाम्रो अभियानलाई काभ्रेमा रहेका संघसंस्था, उद्योगी र व्यवसाय र नागरिक समाजको सहयोगको अपेक्षा लिएको छु ।

अन्त्यमा नगरबासीलाई केही सन्देश छ ?
लकडाउनको बेला संघ र प्रदेश सरकार, नगरपालिकाको अनुरोधलाई नगरबासीले सहजरुपमा लिएको छ । अभियानलाई सहयोग गरेको छ । केही समय कामलाई थाति राखिदिनुस् । बाँच्न सक्यौँ भने त काम पछी पनि गर्न सकिन्छ । कोरोनाबाट बच्नको लागि नियमको पनि पालना गरौँ । सबैलाई सुरक्षित रहनको लागी म हार्दिक अनुरोध गर्न चाहन्छु ।

प्रकाशित मिति : २०७६, २७ चैत्र बिहीबार  ७ : १८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने