२०८१, ८ बैशाख शनिबार

विश्वमा को*रोना सं*न्त्रास,उत्तर कोरिया को*रोना मुक्त देश

विश्वमा को*रोना सं*न्त्रास,उत्तर कोरिया को*रोना मुक्त देश


काठमाडौं २२ चैत विश्वका सबैजसो देशहरुलाई कोरोना भाईरसले सताईरहेको बेला उत्तर कोरियाले भने आफ्नो देशमा को*रोना भाइरसको एकजना पनि बिरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोनामुक्त देश घोषणा गरेको छ ।

विश्वमा झन्डै ११ लाख मानिस को*रोना भाइरसबाट संक्रमित भएका छन् भने ५९ हजारको मृ*त्यु भएसकेको छ । विश्वका प्रायः सबैजसो देशमा यसको संक्रमण फैलिइसकेको छ । यो अवस्था उत्तर कोरियाले भने आफ्नो देशमा भाइरस संक्रमित एकजना पनि नभेटिएको बताएको हो ।

उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले समाचार संस्था एएफपीसँग महामारीको रोकथाम गर्न गरिएका प्रयासहरू पूर्णरुपमा सफल भएको बताएका छन् । उनले सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो महामारी फैलिन नपाएको बताएका छन् ।

उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा को*रोना भाइरसको प्रकोप बढेको समाचार आएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानूनहरु लागू गरेको बताइएको छ । एजेन्सी 

प्रकाशित मिति : २०७६, २२ चैत्र शनिबार  १० : ११ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता