२०८१, १३ बैशाख बिहीबार

पनौतिको फूड बैंकमा सहयोग आउने क्रम जारी

पनौतिको फूड बैंकमा सहयोग आउने क्रम जारी


धुलिखेल, २१ चैतः पनौति नगरपालिकाले सञ्चालनमा ल्याएको फूड बैंकमा सहयोग आउने क्रम बढेको छ । शुक्रबार बागमति टिपर ब्यवसायी संघले ३४ बोरो चालम सहयोग गरेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै आत्मा ज्ञान प्रचारक संघ काभ्रेले वडा नम्बर ६ मा बाड्ने गरी ३० घरपरिवारलाई पहिलो नम्बरको राहत प्याकेज (४ जना भन्दा कम परिवार संख्या) उपलब्ध गराएको छ । यसैबीच नगरपालिकाले अतिविपन्न १३० घर परिवारका लागि भोली राहत वितरण गर्ने भएको छ । नगरपालिका आफैले खरिद गरेर राहत वितरण गर्न लागेको हो ।

वडा नम्बर ७ मा २० र बाँकी रहेका वडामा १०÷१० वटा राहत प्याकेज उपलब्ध गराइने फूड बैंक ब्यवस्थापन समितिका संयोजक समेत रहनुभएका वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताए । नगरपालिकाभित्र १२ वटा वडा रहेका छन् ।

नगरपालिकाको विपद् ब्यवस्थापन समितिको बैठकले १७ प्रकारको खाद्यान्न राहत प्याकेजमा समावेश गरेर वितरण गर्ने निर्णय गरेको थियो । सोहि अनुसार नगरपालिकाले राहत खरिद गरिसकेको र शनिबारबाट सबै वडामा पुर्याउन सबै तयारी सकिएको वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताए ।

प्रकाशित मिति : २०७६, २१ चैत्र शुक्रबार  ६ : ४८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने