२०८०, १६ चैत्र शुक्रबार

काभ्रेमा लकडाउन उल्लंघन गर्ने १०६ जना नियन्त्रण

काभ्रेमा लकडाउन उल्लंघन गर्ने १०६ जना नियन्त्रण


धुलिखेल, २० फागुनः काभ्रे प्रहरीले बिहिबार पनि लकडाउन उल्लंघन गर्दै हिड्नेलाई पक्राउ गरेको छ । जिल्लाभर १०६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

सबै भन्दा बढी इलाका प्रहरी कार्यालय बनेपाले ७९ जनालाई नियन्त्रणमा लिएको छ । बनेपाबाट ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले बताए ।

जिल्लाभर १२ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । यसअघि मंगलबार जिल्लाभर १ सय ४९ जनालाई नियन्त्रणमा लिएको थियो । उक्त दिन प्रहरीले बनेपाबाट मात्रै १ सय २२ जना नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको सबैलाई पोलिटेक्निकलको खेलमैदानमा लगेर लकडाउनका बेला ख्याल गर्नुपर्ने कुरा र कोरोना भाइरसबाट जोगिने उपायका बारे करिब ३ घण्टासम्म राखेर अब देखि अनावश्यक रुपमा हिड्डुल नगर्ने प्रतिबद्धता जनाएपछि छाडेको थियो ।

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  ६ : ३९ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय