२०८०, १५ चैत्र बिहीबार

पनौती नगरपालिकाले ‘फूड बैंक’ सञ्चालन गर्ने

पनौती नगरपालिकाले ‘फूड बैंक’ सञ्चालन गर्ने


धुलिखेल, १९ चैतः काभ्रेको पनौती नगरपालिकाले फूड बैंक सञ्चालन गर्ने भएको छ । बुधबार बसेको नगर स्तरीय विपद् ब्यवस्थापन समितिकाे बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस महामारीको विपद्का कारण दैनिक  हातमुख जोर्न समस्या रहेका मध्ये वडाले पहिचान गरेका परिवारलाई राहत उपलब्ध गराउन फूड बैंक स्थापना गर्ने निर्णय गरिएको नगरप्रमुख भिमप्रसाद न्यौपानेले जानकारी दिए ।

बैंकमा संघसंस्था, ब्यक्ति वा अन्य निकायले नगरपालिकाको मापदण्डभित्रका दैनिक उपभोग्य वस्तु संकलन गर्न पाउने छन् । फूड बैंकमा खाद्यान्नसँगै साबुन, सेनीटाईजर, मास्क जस्ता स्वास्थ्यका लागि चाहिने सामान समेत सकंलन गर्न पाइने छ । फूड बैंक ब्यवस्थापनका लागि बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीलाई संयोजक तोकिएको छ । फूट बैंक ब्यवस्थापन समितिमा अधिकारी सहित अन्य ४ जना सदस्य छन् । इन्द्रेश्वर प्राथमिक विद्यालयको भवनमा फुड बैंक रहनेछ ।

नगरस्तरीय विपद् ब्यवस्थापन समितिले वडाभित्र सहायताको नाममा आफुखुशी चन्दा उठाउन नदिने र आफुखुशी सहायता वितरण गर्न नदिन वडामा रहेको विपद् ब्यवस्थापन समितिलाई निर्देशन दिएको छ । पनौती नगरपालिकाको हरेक वडामा विपद् ब्यवस्थापन समिति सक्रिय छ । वडामा समितिका संयोजक वडाध्यक्ष रहने ब्यवस्था छ ।

बैठक राहत प्याकेजकाे मापदण्ड समेत ताेकेकाे छ । ४ जनासम्मको परिवारलाई १० केजी चामल, त्यो भन्दा बढीलाई १५ केजी चामल एक हप्ताका राहत उपलब्ध गराउन निर्णय पनि गरेको छ । त्यस्तै दाल, गेडागुडी, नुन, तेल, बेसार, प्याज, लसुन, चाउचाउ, विस्कुट, चिनी, चियापत्ती, साबुन, आलु, चिउरा, दालमेठ सहित १७ प्रकारका चिज उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले आफ्नो वडाभित्र दैनिक गुजारा चलाउन नसक्ने वास्तविक पिडितहरुको तथ्याङ्क जतिसक्दो छिटो गर्न पनि वडाध्यक्षहरुलाई निर्देशन दिएको छ । हरेक वडालाई सहयता दिन तयार कुनै पनि संघ, संस्था, निकाय र ब्यक्तिको समेत सूची बनाउने भनिएको नगरप्रमुख न्यौपानेले बताए ।

बैठकले आफ्नो वडाभित्र दैनिक गुजारा चलाउन नसक्ने वास्तविक पिडितहरुको तथ्याङ्क जतिसक्दो छिटो गर्न पनि वडाध्यक्षहरुलाई निर्देशन दिएको छ । हरेक वडालाई सहयता दिन तयार कुनै पनि संघ, संस्था, निकाय र ब्यक्तिको समेत सूची बनाउने भनिएको नगरप्रमुख न्यौपानेले बताए ।

बैठकले प्रत्येक वडामा आपूर्ति ब्यवस्थालाई सहज बनाउन वडाध्यक्षको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरेको छ । बैठकले मानिस बीच सानिसको दुरी १ मिटर कडाइ साथ लागु गर्न पनि भनेको छ । दुध संकलन गर्दा साबुन वा सेनिटाइजरको अनिवार्य प्रयोग गर्न पनि सबैलाई आग्रह गरेको छ ।

बैठकले सबै वडामा रहेका किराना पसल, स्टोर, आपूर्ति कर्ता, र बिक्रेताहरुको सूची तयार पार्न र दैनिक अत्यावश्यकीय उपभोग्य वस्तुहरुको समय तालिक बनाए विक्रि गर्ने ब्यवस्था मिलाउन पनि सबै वडा कार्यालयहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७६, १९ चैत्र बुधबार  ११ : ३७ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय