२०८१, १२ बैशाख बुधबार

पाँचखालमा संक्रमण नियन्त्रक औषधि छर्किन सुरु

पाँचखालमा संक्रमण नियन्त्रक औषधि छर्किन सुरु


धुलिखेल, १८ चैतः पाँचखाल नगरपालिकाले कोरोनाको संक्रमण न्यूनीकरण तथा रोकथामका लागि संक्रमण नियन्त्रक औषधि छर्केको छ । नगरभित्र रहेको प्रत्येक वडाको मानिसहरु जमघट हुने पाँचखाल नगरपालिका, अरनिको राजमार्गको बजार क्षेत्रमा संक्रमण नियन्त्रक औषधि छर्किन सुरु गरिएको नगर प्रमुख महेश खरेलले जानकारी दिए ।

डिसइन्फेक्टेन्ट स्प्रे छर्कन सशस्त्र प्रहरी कार्यालय पाँचखालले बिशेष सहयोग गरेको थियो । मानिसको भिड हुने र दम्कल जाने सबै ठाउँमा स्प्रे गरिने नगरप्रमुख खरेलले बताए ।

डिसइन्फेक्टेन्ट स्प्रे छर्कने कार्यक्रममा नगर प्रमुख महेश खरेल, प्रमुख प्रशसकीय अधिकृत लोक बहादुर भण्डारी, वडा अध्यक्षहरु सन्जय तामाङ, अष्ट बहादुर तामाङ, सुन्दर अधिकारी, सुन्दर तामाङ, समजसेवि कुमार लामिछने, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, स्वास्थ्य प्रमुख उज्वल अधिकारी लगायत सरोकारवाला उपस्थिति भएका थिए ।

जिल्ला स्तरीय कोभिड–१९ विपद् ब्यवस्थापन समितिको १४ चैतमा बसेको बैठकले जिल्ला १३ वटै स्थानीयले आ–आफ्नो क्षेत्रभित्र अनिवार्य रुपमा क्लोरिन र ब्लिचङ्ग पाउडर सहितको डिसइन्फेक्टेन्ट स्प्रे छर्कने निर्देशन दिएको थियो ।

जिल्लाकाे धुलिखेल, बनेपा र पनाैती नगरपालिकाले पनि डिसइन्फेक्टेन्ट स्प्रे छर्केका थिए ।

प्रकाशित मिति : २०७६, १८ चैत्र मंगलबार  ४ : १० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने