काभ्रेमा प्रहरीको एक्सनः लकडाउनकाे रमिते हेर्न ८२ जना नियन्त्रण

धुलिखेल, १८ चैतः सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउनको अन्तिम दिन मंगलबार काभ्रे प्रहरीले निकै कडाइ गरेको छ । प्रहरीले राजमार्गमा अनावश्यक हिड्डुल गर्ने र हुल बाँधेर घाम ताप्ने ८२ जनालाई नियन्त्रणमा लिइसकेकाे छ । प्रहरीले बिहानदेखि अरनिकाे र बीपी राजमार्गमा सुरक्षा ब्यवस्थालाइ कडाइ गरेकाे हाे ।
सबैभन्दा बढी बनेपाबाट ८० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कायालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकार दिए । त्यस्तै धुलिखेलबाट प्रहरीले १२ जनलाई नियन्त्रणमा लिएको छ । काभ्रे प्रहरीले यसअघि राजमार्गमा यसरी कडाइ गरेको थिएन । मोटरसाइकल देखि कार, भ्यान, जिप समेतलाई प्रहरीले उच्च निगरानी राखेको छ ।
प्रहरीले आफु मातहातका सबै युनिटलाई कडा निर्देशन दिदैँ अत्यावश्क बाहेक हिड्डुल गर्ने जो कोहिलाई पनि नियन्त्रणमा लिन भनेको छ । ‘यो विषम पस्थितिमा पनि रमिते हेर्नेको संख्या धेरै देखियो, डिएसपी थापाले भने ‘हामीले त्यस्ता ब्यक्तिलाई नियन्त्रणमा लिएका हौँ, यो अभियान जारी रहन्छ, सबै युनिटलाई त्यहि किसिमको निगरानी राख्न भनेका छौँ ।’