२०८१, ६ बैशाख बिहीबार

विपन्ना परिवारलाई वडाध्यक्ष लालबहादुरको खाद्यान्न सहयोग

विपन्ना परिवारलाई वडाध्यक्ष लालबहादुरको खाद्यान्न सहयोग


कञ्चनपुर, १६ चैत  :  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले स्वर्गीय पिता जगन्नाथ ऐरको स्मृतिमा आइतबार खाद्य सङ्कटमा परेका विपन्न अवस्थाका २५ परिवारलाई राहतस्वरुप चामल वितरण गर्नुभएको छ ।

नगरपालिका–१० खुल्लाबस्तीका मजदुरी गरेर जीविका चलाउँदै आएका परिवारलाई वडाध्यक्ष ऐरले प्रतिपरिवार १० किलोका दरले चामल वितरण गर्नुभएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोकथामका लागि कञ्चनपुर जिल्ला बन्द गरिएपछि मजदुरी गरेर खाँदै आएका परिवार खाद्यान्नको अभाव झेल्दै आएका थिए ।

विपन्न परिवारको घर दैलोमै चामल पु¥याई वितरण गरिएको उहाँले बताउनुभयो । दैनिक मजदुरी गरेर परिवारका लागि खाना खर्च जुटाउँदै आएकामा बजार क्षेत्रदेखि निर्माण कार्य सबै बन्द भएपछि भोकभोकै बस्नु परेको फगुनिया खुनाले बताउनुभयो ।

“मजदुरी गरेर ल्याएको पैसाले खरिद गरिएको खाद्यान्न चार दिनअघि नै सकियो । छिमेकीको सहयोगमा केही दिन खाना खान पायौँ । छिमेकीको घरमा समेत खाद्यान्न सकिन लागेपछि वडाध्यक्षले चामल वितरण गरेपछि केही दिनका लागि खान पुग्ने भएको छ”, उहाँले भन्नुभयो ।

बस्तीका अधिकांश परिवारको आर्थिक अवस्था निकै दयनीय रहेको छ । मजदुरी गरेर जीविका चलाउने परिवार धेरै छन् सुरज जैरुले भन्नुभयो, “दातृ निकायलाई खाद्यान्नको सहयोगका लागि आग्रह गर्दछौँ ।” बस्तीमा मुक्त हलिया र मुक्त कमैया परिवारको बसोबास रहेको छ ।  रासस 

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  ८ : ०१ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता