२०८१, ६ बैशाख बिहीबार

महामन्त्री डा कोइरालाद्वारा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन आग्रह

महामन्त्री डा कोइरालाद्वारा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन आग्रह


काठमाडौँ, १६ चैत  : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकभरका स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमणको उपचार तथा रोकथाममा उच्च मनोबलका साथ कार्य गर्न अपिल गर्नुभएको छ ।

सरकार र स्वास्थ्यकर्मीका नाममा एक चिकित्साकर्मीका नाताले आज एक अपिल जारी गर्दै उहाँले कुनै पनि स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न निश्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहने उल्लेख गर्नुभएको छ । “चिकित्सकमा रहेको त्यही मानवीय भावना, समर्पण र साहस नै आजको विश्वव्यापी महामारीबाट बाहिर निस्कने मुख्य मार्ग हो । म नेपालभरिका सबै स्वास्थ्यकर्मीमा आजको यो प्रतिकूल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मीसमेतका नाताले अपिल गर्दछु”, उहाँले भन्नुभएको छ ।

महामन्त्री डा कोइरालाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नलाई काँग्रेसले निरन्तर साथ दिँदै आएको र लकडाउनको पालना गरेर जनताले यो सङ्घर्षप्रति ऐक्यबद्धता जनाइरहेको उल्लेख गर्नुभएको छ । उहाँले परिणाममुखी रूपमा कार्य गर्न निर्मित वातावरण उपयोग गर्दै अब स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको नेतृत्वमा सङ्घर्षमा जीत हासिल गर्नुपर्ने बताउनुभएको छ ।

चिकित्सकका रूपमा लामो समय सेवा र प्राध्यापनसमेत गरेको नाताले उहाँले आजको स्थितिलाई निकै दिनदेखि नजिकबाट नियालिरहेको उल्लेख गर्दै नेपाल सरकार र नेपालभरका स्वास्थकर्मीका नाममा यो अपिल सार्वजनिक गर्नुभएको जनाउनुभएको छ । स्वास्थ्यकर्मीका लागि अनिवार्य व्यक्तिगत सुरक्षा उपकरण ९पिपिई० को प्रबन्ध समयमै गर्न नसक्नु सरकारको कमजोरी भएको टिप्पणी गर्र्दै महामन्त्री कोइरालाले यथाशीघ्र देशव्यापी रूपमा पिपिई पु¥याएर सम्भावित सङ्क्रमितको परीक्षण एवं सङ्क्रमितको उपचारमा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारसँग अनुरोध गर्नुभएको छ ।

परीक्षणको व्यवस्था जिल्लास्तरमा पु¥याउन सुझाव

विश्व स्वास्थ्य सङ्गठनले बढीभन्दा बढी परीक्षणका लागि अपिल गरेको जानकारी गराउँदै उहाँले केवल टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरेर परीक्षणको चाप धान्न नसकिने भएकाले तत्काल सातै प्रदेशमा परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभएको छ । उहाँले क्रमशः त्यसलाई सबै जिल्लामा विकेन्द्रित गर्न सरकारलाई विशेष अनुरोध गर्नुभएको छ ।

“हालसम्म पाँचजनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरु यसबीचमा घुलमिल भएको परिवारका सदस्य, छरछिमेकी एवं व्यक्तिगत साथी समूहको परीक्षण गर्न जरुरी तदारुकता र उच्च सतर्कता सरकारले नदेखाउनु दुःखद् छ । तत्काल परीक्षण गर्ने व्यवस्था मिलाउन म काँग्रेसका तर्फबाट सरकारलाई अनुरोध गर्दछु”, उहाँले अपिलमा उल्लेख गर्नुभएको छ ।

लकडाउनमा घरभित्र बसेका जनतालाई सङ्क्रमणको कुनै आशङ्का हुनासाथ घरबाटै सावधानीपूर्वक ल्याएर परीक्षण केन्द्रमा पु¥याउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै महामन्त्री डा कोइरालाले त्यसरी आइसोलेसन र सङ्क्रमित देखिए सुरक्षित उपचारको व्यवस्थाले मात्रै सम्बन्धित व्यक्तिबाट अन्यमा फैलिन रोक्न सकिने बताउनुभएको छ । उहाँले काँग्रेसका तर्फबाट सरकार, सम्बन्धित निकाय र सबै जनतामा अन्य देशका सफलता र असफलताबाट पाठ सिकेर अघि बढ्नु सबैको राष्ट्रिय कर्तव्य रहेको अपिल गर्नुभएको छ । रासस

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  १ : ४६ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता