२०८०, १६ चैत्र शुक्रबार

काभ्रेमा सेना र पुलिसकाे कार्यालय अघि मानिसको लस्कर, राजमार्गमा ट्रक र टिपरले बोक्छन मान्छे

काभ्रेमा सेना र पुलिसकाे कार्यालय अघि मानिसको लस्कर, राजमार्गमा ट्रक र टिपरले बोक्छन मान्छे


धुलिखेल, १५ चैतः धुलिखेलको अड्डा बजार । नेपाली सेनाको विष्णु दल गण र जिल्ला प्रहरीको कार्यालय । धेरैलाई लाग्दो हो । सरकारले घोषण गरेको लकडाउन पछि अड्डा बजार सुनसान होला । तर आम मानिसले सोचे जस्तो छैन अड्डा बजारको दृश्य ।

हाम्रा पुर्खाहरु गाडी चल्ने सडक नहुदाँ पहिला यहि बाटो भएर सहर–गाउँ आउजाउ गर्थे । अहिले राजधानीबाट सहज रुपमा गाउँ जान गाडी नभएपछि यहि बाटो भएर काठमाण्डौ, भक्तपुर, बनेपा बसेका मानिसहरु गाउँ गइरहेका छन् । हुल बाँधेर । तर न प्रहरीले केहि गर्छ, न नेपाली सेनाले नै । बिहान र बेलुका घर बाहिर ननिस्कन माइकिङ मार्फत प्रहरीले उर्दी जारी गर्छ । तर लखर–लखर सडकमा हिडेकालाई केहि गर्दैन् ।

बिहान साढे ११ बजेतिर एक हुल मानिस अड्डा बजारमा असिन पसिन अवस्थामा देखिए । उनीहरु भन्दै थिए । राति साढे २ बजे भक्तपुरबाट हिडेको । दाप्चा पुग्नुछ । लकडाउन भनेको सवारी साधन मात्रै एक ठाउँबाट अर्को ठाउँ जान नपाउनु होइन । मानिस समेत जुन ठाउँमा छ त्यहि ठाउँमा सुरक्षित बस्नु हो । तर मानिसहरु हुल बाँधेर हिडिरहेका छन् । त्यो पनि सेना र प्रहरीकै कार्यालय अघिबाट । तर सुरक्षा निकायले कुनै पनि पहल नगरेको अड्डा बजारका स्थानीयहरुले गुनासो गरे ।

धुलिखेल अरनिको र बीपी राजमार्गको मुख्य भागमा पर्छ । हुन त सुरक्षा निकायले यो महामारीका बेला गरेको कामलाई सम्मान त गर्नै पर्छ । तर जति गर्न सक्थ्यो काभ्रे प्रशासनले त्यत्ति गरेको छैन । राजमार्गमा मिनी टिपर र ट्रकले रातदिन मान्छे गाउँमा ओसारी रहेका छन् । त्यसलाई रोकेको छैन । किन भने टिपर र ट्रकले मान्छे बोक्न पाउँदैनन् । तर अरनिको र बीपी राजमार्गमा टिपर र ट्रकलाई मान्छे बोक्ने छुट् प्रहरी प्रशासनले दिएको छ ।

राजमार्गमा गाडी चलिरहेको छ, तपाईहरुले पास दिनुभएको हो ? भनेर जिल्लाका सुरक्षा निकायलाई सोध्यो भने गाडी नै चलेको छैन तपाईले कहाँ देख्नु भयो भन्ने जवाफ दिन्छन् । सबैको कर्तब्य हो । सुरक्षित हुने । तर यो बेला कानुन कार्यान्वयन गराउने ठाउँमा बस्ने निकायको अझ बढी महत्व हुन्छ ।

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  २ : ३७ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय