२०८१, ८ बैशाख शनिबार

पाँचखाल वडा नम्बर ४ का अध्यक्ष लामाले भने ‘दैनिक ज्याला मजदुरी गर्नेहरु सम्पर्कमा आउनु’

पाँचखाल वडा नम्बर ४ का अध्यक्ष लामाले भने ‘दैनिक ज्याला मजदुरी गर्नेहरु सम्पर्कमा आउनु’


धुलिखेल १४ चैत  : काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ ले दैनिक ज्याला मजदुरी गर्ने मजदुरलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

वडाध्यक्ष सुन्दर लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत अन्य ठाउँबाट आइ दैनिक ज्याला मजदुरी गर्ने र वडाकै पनि दैनिक ज्याला मजदुरी गरेर खर्च चलाउँदै आएकालाई सम्पर्कमा आउन आग्रह गरेका हुन् ।

लकडाउनसँगै पसल, कलकारखाना बन्द भएको र दैनिक ज्याला मजदुरी गर्नेलाई विहान बेलुकाको खाना खान समेत समस्या भएको भन्दै वडाध्यक्ष लामाले तत्काल सम्पर्कमा आउन अनुरोध गरे ।

वास्तविकरुपमा दैनिक ज्याला मजदुरी गरेर खानाको ब्यवस्था गर्दै आएका परिवारको तथ्याङ्क संकलन गरेर तत्कालन खानपिनको ब्यवस्था मिलाउने वडाध्यक्ष लामाले बताए । वडाध्यक्ष लामाले ९८५११८९४७४ मा फोन गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  ५ : ५१ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता