Logo

शक्तिशालीहरूको करिडोरमा कोरोनाभाइरस



अन्टार्टिका बाहेक कोरोनाभाइरसले न कुनै सीमा भनेको छ, न महाद्वीप नै । यस भाइरसबाट सम्पन्न र शक्तिशालीहरू पनि बाँकी रहेका छैनन् । चाहे ती राष्ट्रिय छवि भएका व्यक्तित्व हुन् वा अन्तर्राष्ट्रिय धेरैमाथि कोरोनाभाइरसले हमला गरि सकेको छ । यसको सबैभन्दा ठूलो प्रभाव इरानमा देखिएको छ । त्यहाँ कम्तिमा पनि एक दर्जनभन्दा बढी उच्च पदस्थ अधिकारी, राजनीतिज्ञ र धार्मिक व्यक्ति कोरोनाभाइरसबाट संक्रमित बनेका छन् भने केहीको ज्यान समेत गएको छ ।

यहाँ त्यस्ता केही व्यक्तिहरूका बारेमा जानकारी प्रस्तुत गरिएको छ

अस्ट्रेलिया

पिटर डुट्टोन, अस्ट्रेलियाका गृहमन्त्री पिटर डुट्टोनमा अस्पतलमाभर्ना भएपछि कोरोनाभाइरसको संक्रमण देखियो । उनी भर्खरै मात्रै वासिङ्गटनबाट फर्किएका थिए । उनले त्यहाँ महान्यायाधीवक्ता विलियम बार, राष्ट्रपति ट्रम्पकी छोरी इभान्का ट्रम्प र ह्वाइट हाउसका केही अधिकारीसँग भेटघाट गरेका थिए ।

सुसन म्याकडोनाल्ड, क्विन्सल्यान्डको लिब्रल नेसनल पार्टीका सिनेटर सुसन म्याकडोनाल्ड कोरोनाभाइरसको संक्रमण देखिएका अर्का व्यक्ति हुन् ।

एन्ड्य्रु ब्राग, उनी लिब्रल पार्टी अफ अस्ट्रेलियाका न्यु वेल्सका सिनेटर हुन् । ६ मार्चमा उनी उपस्थीत भएको विवाह पार्टीबाट ट्रयास गरेर थप ६ जना कोरोनाभाइरस पोजेटिभ भएका व्यक्तिहरू भेटिएका थिए । त्यससँगै अरू तीन जना संसदका सदस्यहरू पनि उनी सँगै रहेकाले उनीहरूलाई पनि क्वारेन्टिनमा राखिएको छ ।

ब्राजील

फाबियो वानगार्टेन, ब्राजीलका राष्ट्रपति जाइर बोल्सोनारोका प्रेस सचिव फाबियोलाई अमेरिकाको फ्लोरिडास्थित मार(आ(लागो रिसोर्टमा ट्रम्पले आयोजना गरेको डिनरमा सामेल भएर फर्किएको केही दिनमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । ब्राजीलका राष्ट्रपतिले १३ मार्चमा उनको परिक्षण नेगेटिभ रहेको बताएका थिए, तर पछि पोजेटिभ भएको पुष्टि भयो ।

अगस्टो हेलेनो, ब्राजीलका राष्ट्रिय सुरक्षा सल्लाहकारले कुनै लक्षण नदेखिदै परिक्षण गराउँदा पनि आफूलाई कोरोनाभाइरसको संक्रमण देखिएको ट्विट गरेका थिए ।

ड्याभी आल्कोलुम्ब्रे, ब्राजीलनको संसदका प्रमुखलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । यसपछि राष्ट्रपति जाइर बोल्सोनारोको व्यापक आलोचना भइरहेको छ । देशकै विशिष्ट व्यक्तिहरूलाई समेत संक्रमण देखिदा पनि उनले उचित कदम चाल्न नसकेको आरोप उनीमाथि लागेको छ ।

क्यानडा

सोफी जर्जीयो ट्रुडो, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमति सोफी जर्जीयो ट्रुडोलाई पनि अघिल्लो हप्ता कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनीहरू त्यसको केही दिनअघि मात्रै बेलायतबाट फर्किएका थिए । त्यसपछि उनी आफ्ना पतिसँगै १४ दिने सेल्फ आइसोलेसनमा बसेकी छन् ।

यूरोपियन यूनियन

मिचेल बार्नियर, यूरोपियन यूनियनका तर्फबाट ब्रिक्जिटका मुख्य वार्ताकार मिचेल बार्नियरले फ्रान्सको आफ्नै घरबाट भिडियो सन्देशमार्फत आफूलाई कोरोनाभाइरसको संक्रमण भएको खबर सार्वजनिक गरेका थिए । बार्नियरले अन्तिम समय बेलायतको तर्फबाट ब्रिक्जिटका वार्ता टोलीका प्रमुख डेभिड फ्रोस्टसँग भेट गरेका थिए, जहाँ उनीहरूले व्यापार र सुरक्षाको मामलामा बेलायत र यूरोपियन यूनियनबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर समेत गरेका थिए ।

फ्रान्स

फ्रान्क रिस्टर, फ्रान्सका संस्कृति मन्त्री रिस्टरलाई पनि मार्चको सुरुवातमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको थियो । कोरोनाभाइरसको संक्रमण देखिने उनी फ्रान्स सरकारका पहिलो मन्त्री हुन् ।

ब्रुन पोर्सन, फ्रान्सका पर्यावरणिय तथा समावेशी साज्यमन्त्रीका सेक्रेटरीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

साथै फ्रान्सका कयौं राष्ट्रियसभा सदस्यहरूमा कोरोनाभाइरुसको संक्रमण देखिएको छ ।

जर्मनी

फ्रेड्रिक मर्ज, जर्मनीको क्रिस्चियन डेमोक्रेटिक पार्टीका एकजना वरिष्ठ नेतालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ट्विटरमा एउटा विज्ञप्ति सार्वजनिक गर्दै मर्जले भनेका छन् ूमलाई सामान्य लक्षण मात्रै देखिएका थिए ।

इरान

इरान कोरोनाभाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित मुलकमध्ये एक हो । यो इरानका राजनीतिज्ञ, कर्मचारी, प्रशासक र धार्मिक व्यक्तित्वहरूमा पनि निकै तीव्र गतिमा फैलिइरहेको छ । जेरुस्लम पोस्टका अनुसार संसदका कम्तिमा पनि २४ जना सदस्यमा यसको संक्रमण देखा परेको छ । जसमध्ये दुई जनाको मृत्यु नै भइसकेको छ ।

फतेमे रह्बर, तेहरानबाट संसद प्रतिनिधि

मोहम्मेद अलि रामेजानी, गीलानबाट संसद प्रतिनिधि

शान्तिका लागि अमेरिकन संस्थाका अनुसार कोरोनाभाइरसको संक्रमण देखिएका व्यक्तिहरूको सूची यस प्रकार छस्

इराज हरिर्ची, उप(स्वास्थ्य मन्त्री
मासौमे एब्तेकार, परिवार तथा महिलामामिला उपप्रमुख
अलि अकबर भेलायती, सर्वोच्च नेता अलि खामेनीका परराष्ट्र सल्लाहकार
फतेमे रहबर, तेहरानबाट संसद प्रतिनिधि
महम्मेद अलि रामेजानी, गीलानबाट संसद प्रतिनिधि
मोजताबा राहमन्जेदे, तेहरानका स्थानीय मेयर
महमौद सादेघी, तेहरानका संसद प्रतिनिधि
मोहम्मद रेजा घादीर, कोम्स स्टेट मेडिकल विश्वविद्यालयका निर्देशक तथा कोरोनाभाइरस नियन्त्रण समितिका प्रमुख
पिर्होस्सेन कोलिबान्ड, आपतकालिन चिकित्सा सेवा इरानका निर्देशक
इशक जहन्गीरी, पहिलो उपराष्ट्रपति
इस्माइल नज्जर, संकट व्यवस्थापन संसंथा इरानका प्रमुख
मोस्ताफा पोउरमोहम्मदी, पूर्व आन्तरिक मामला तथा कानून मन्त्री
रेजा रेहमानी, उद्योग, खानी तथा व्यापारी मन्त्री९उनलाई केही सञ्चो भइरहेको छ
अलि असघर मौनसेन, सांस्कृतिक संपदा, हस्तशिल्प तथा पर्यटन मन्त्री
रेसा सलेही अमिरी, राष्ट्रिय ओलम्पिक कमिटी इरानका प्रमुख
मोजताबा जोन्नौर, संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समिति
मसौमेह अघपौर अलिशाही, पूर्वी अजरवैजन राज्यबाट संसद प्रतिनिधि
जोहरे एलाहीन, तेहरानबाट संसद प्रतिनिधि इजरायल

जेरेमी इसरफ, जर्मनीकाक लागि इजरायली राजदूत इसरफलाई पनि कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको अलजजिराले जनाएको छ । त्यसअघि उनले जर्मनका विधानसभाका एकजना व्यक्तिलाई भेटेको भनिएको छ तर उनको नाम सार्वजनिक गरिएको छैन ।

इटाली

निकोला जिङ्गारेट्टी, गठबन्धन सरकारमा रहेको इटालियन डेमोक्रेटिक पार्टीका प्रमुख जिङ्गारेट्टीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

रोबेर्टो स्टैला, लोम्बार्डी क्षेत्रका चिकित्सकीय निर्देशक स्टैलाको ६७ वर्षको उमेरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु नै भएको छ ।

जर्जीयो वालोटी, इटालीको अधिक प्रभावित क्षेत्र लोम्बार्डीको सेनी महानगरका मेयर १३ मार्चमा ७० वर्षको उमेरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भयो ।

मोनाको

राजकुमार अल्बर्ट, मोनाको प्यालेसले १९ मार्चमा राजकुमार अल्बर्टको परिक्षणमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखाएको जनाएको छ । उनले त्यसको एक दिन पहिलेको एउटा सम्बोधनमा राजकुमार अल्बर्टले कोभिड१९ को संक्रमण रोक्नका लागि पूर्णतया आइसेलोसेन गर्नुपर्ने घोषणा गरेका थिए ।

नर्वे

टोर्ब्जोर्न रोय इसाक्सेन, सामाजिक समावेशी तथा श्रम मन्त्री इसाक्सेनमा पनि उनका उपमन्त्रीमा संक्रमण भएको केही समयपछि देखिएको थियो ।

फिलिपिन्स

सेन जुआन मिगेल जुबिरी, फिलिपिन्सको संसदका सदस्यमा १६ मार्चमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।

पोल्याण्ड

जनरल जारोस्लो मिका, पोल्याण्डको सशस्त्र बलका कमाण्डरमा पनि कोरोनाभाइरसको स्करमण देखिएको छ । उनी जर्मनीमा भएको सैन्य कन्फ्रेन्स र यूरो अमेरिकी सैन्य कार्यक्रममा सहभागी भएर फर्पकिएका थिए । उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन् ।

मिचेल वोस, पोल्याण्डका वातावरण मन्त्रीले ट्विट गरेर आफूमा कोरोनाभाइरसको संक्रमण देखिएको बताएका छन् ।

स्पेन

बेगोना गोमेज, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमती बगोना गोमेजलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनी आफ्ना श्रीमानसहित म्याड्रिडको निवासमा क्वारेन्टाइनमा बसिरहेकी छन् ।

इरेने मोन्टेरो, स्पेनका समानता मन्त्री त्यहाँको क्याबिनेटका कोरोना संक्रमित पहिला व्यक्ति हुन् । अहिले उनी जीवन साथी पोडेमस पार्टीका नेता तथा उपप्रधानमन्त्री पाब्लो इग्लेसियससँग क्वारेन्टाइनमा छन् ।

जावियर ओर्टेगा स्मिथ, फार राइट भक्स पार्टीका महासचिव स्मितलाई १० मार्चमा कोरोनाभाइरस पोजेटीभ देखिएपछि संसदको तल्लो हाउसबाट सस्पेन्ड गरेको छ । र उक्त पार्टीका सबैलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । पोलिटिकोका अनुसार उक्त पार्टी वरिष्ठ नेता सान्टआगो अबास्कललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

क्विम टोर्रा, स्पेनको क्याटोलिना क्षेत्रका एक जना नेता टोर्रामा पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि उनी सरकारले बनाएको आइसोलेसन वार्डमा बसेका छन् ।

पेरी अर्गोनेस, क्याटालनका सरकार उपप्रमुखलाई पनि कोरोनाभाइरुसको संक्रमण पुष्टि भएको छ ।

यूक्रेन

सेर्हिय शाकोभ, युक्रेनको संसदका सदस्य शाकोभले आफूलाई संक्रमण नरहेको बताएका थिए । तर त्यसको केही समयपछि उनीलाई संक्रमण रहेको पुष्टि भएको थियो । उनी आफैले फेसबुकमा भिडियो हालेर यसलाई स्वीकारेका थिए ।

यूके

प्रिन्स चार्ल्स, बेलायतका डचेच अफ कोर्नवेल राजकुमार चार्ल्सलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनी अहिले राजकुमारीसँग सेल्फ आइसोलेसनमा बसेका छन् ।

नदिन डोर्रीज, स्वास्थ्य मन्त्री नदिन बेलायतका पहिला राजनीतिज्ञ हुन् जसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । उनको संक्रमण आफ्नै ८४ वर्षीया आमालाई पनि सरेको सञ्चार माध्यमले जनाएका छन् ।

संयुक्त राष्ट्र संघ

डेभिड बिस्ले, संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रममा कार्यकारी निर्देशक डेभिडलाई १९ मार्चमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको हो । सेल्फ आइसोलेसनमा बसेका उनी अहिले विश्व महामारीको संकटसँग लड्नका लागि घरबाटै काम गरिरहेका छन् ।

अमेरिका

रान्ड पाउल, केन्टुकी रिपब्लिकन तथा अमेरिकी सिनेटर पाउल कोरोनाभाइरसको संक्रमण देखिएका अमेरिकाका पहिला राजनीतिज्ञ हुन् । संसदका अरू सदस्यहरू उनले बेलैमा क्वारेन्टाइनमा नबसेका कारण थफ संक्रमण फैलिएको हुनसक्ने भन्दै उनीसँग आक्रोशित बनेका छन् ।

मारियो डिआज बलार्ट, फ्लोरिडाका रिपब्लिकन प्रतिनिधिलाई पनि १८ मार्चमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

बेन म्याकअडाम्स, डेमोक्रेट पार्टीका सीनियर प्रतिनिधि बेनलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ

हेलेन विन्स्टेइन र चार्ल्स बार्रोन, न्यूयोर्क राष्ट्रियसभा सदस्यहरू पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ ।

ब्रान्डोन बिच, जर्जीयका स्टेट सिनेटरलाई १० मार्चमा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ ।

फ्रान्सिस सुवारेज, मियामीका मेयर सुवारेजलाई गत हप्ता कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

साभारस् फरेनपोलिसी/हिमाल खबर 

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार