२०८१, १० बैशाख सोमबार

लक डाउनका बेला दूध किन्न गएका युवा प्रहरीको कुटाईबाट मृत्यु

लक डाउनका बेला दूध किन्न गएका युवा प्रहरीको कुटाईबाट मृत्यु


काठमाडौं १३ चैत  : भारतमा लक डाउनका बेला दूध किन्न हिडेका युवाको प्रहरीको कुटाईबाट मृत्यु भएको छ ।

पश्चिम बंगालस्थित हाउराह जिल्लाका ३२ वर्षीय लाल स्वामीको प्रहरीको कुटाईबाट मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमण फैलिएपछि बुधबारदेखि भारत सरकारले २१ दिन लामो लक डाउन घोषणा गरेको छ ।

भारतमा लक डाउनका बेला बाहिर निस्कनेलाई त्यहाँको प्रहरीले कारवाही गर्ने गरेको छ । प्रहरीले कतिलाई कुटपिट गरेको त केहीलाई उठबस गराएको भिडिओ र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

पश्चिम बंगालस्थित हाउराह जिल्लाका ३२ वर्षीय लाल स्वामी बुधबार साँझ दूध किन्न भन्दै घरबाट निस्किएका थिए। सडकमा पुगेपछि प्रहरीले उनलाई कुटपिट गरेका थिए । घाइते भएका उनलाई अस्पताल लैजाँदालैजाँदै मृत्यु भयो। उनको परिवारले प्रहरीले हानेको चोटबाट स्वामीको मृत्यु भएको आरोप लगाएका छन् ।

प्रहरीले भने उनलाई हृदयघात भएर मृत्यु भएको दाबी गरेको छ। पश्चिम बंगालमा १० जना कोरोना भाइरस संक्रमित छन् भने एक जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  २ : ४२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने