२०८१, १० बैशाख सोमबार

बनेपा र धुलिखेलका युवा पनि थिए कोरोना पुष्टि भएकै युवती सवार जहाजमा

बनेपा र धुलिखेलका युवा पनि थिए कोरोना पुष्टि भएकै युवती सवार जहाजमा


धुलिखेल, १२ चैत: फ्रान्सबाट दोहा ट्राञ्जिट भएर चैत्र ४ गते काठमाडौ ओर्लिएका बनेपा र धुलिखेलका दुई युवा चिकित्सकको सम्पर्कमा आएका छन् । सोहि जहाजमा सवार नगरपालिका वडा नम्बर २ का र धुलिखेल नगरपालिका वडा नम्बर ९ का चिकित्सकको सम्पर्कमा आएका हुन् ।

फ्रान्सबाट १९ वर्षे नेपाली विद्यार्थी कतार हुँदै चैत ४ गते कतार एयरवेजबाट काठमाडौं आएकी र त्यसको ७ दिनपछि आइतबार उनमा कोरोना भाइरसको पोजेटिभ लक्षण देखिएको मंगलबार पत्रकार सम्मेलन मार्फत स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जनाएका थिए ।

मार्च १७ तारिखका दिन नेपाल आएको कतार एयरवेजको फ्लाइट नं ‘क्यूआर ६५२’ मा सवार बनेपा नगरपालिका वडा नम्बर २ र धुलिखेल नगरपालिका वडा नम्बर ९ का यात्रु  सम्पर्कमा आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले पुष्टि गरे । उनीहरु टेकु अस्पतालमा स्वास्थ्य परीक्षण पछि सेल्फ क्वारेन्टाइनमा रहेको उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ‘क्यूआर ६५२’ जहाजमा १०६ जना यात्रु सवार रहेका थिए । नागरिक उड्डयन प्राधिकरणले उक्त जवारका सबै यात्रुलाई सम्पर्कमा आउन भनेको थियो ।

प्रकाशित मिति : २०७६, ११ चैत्र मंगलबार  १२ : ५० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने